Friday, January 22, 2021
Home > mophosala > कांग्रेसका नेताहरु राहात लिई पुगे पिडित परिवारका घर नाग्म

कांग्रेसका नेताहरु राहात लिई पुगे पिडित परिवारका घर नाग्म

कालिकोट । कालिकोट जिल्ला तिलागुफा नगरपालिका १ नाग्ममा यहि मिति २०७७ भाद्र १२ गते गयको पहिरोमा परि ज्यान गुमायका १० जनाकाे आफन्त र परिवारलाई सहानुभूति,भेटघाट र सम्बेदना दिन नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू पिडित परिवारहरुको घर नाग्म पुगेका छन्।

जनताको दुखमा सधै साथमा रहेकाे नेपाली कांग्रेसले सामाजिक उत्तरदायित्व, सेवा र मानवियताको नाताले पिडित परिवारलाई राहात स्वरूप केहि नगद र केहि खाद्धन्न प्रदान गरेकाे नेपाली कांग्रेस कालिकाेटका यूवा नेता भुपेन्द्र जंग शाहीले पलपलखवरलाई जानकारी गराए।
यूवानेता शाही गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित उम्मेदवार भयपनि एउटा सामाजिक उत्तरदायित्व, सेवा र मानवियताको नाताले पिडित परिवारलाई सहयाे गरेकाे साथै आफु र कांग्रेस कालिकाेट सदा जनताको दुखमा साथ दिई रहने प्रतिबद्दता ब्यक्त गरेकाछन्।

नेता शाही कालिकाेट जिल्लाका विभिन्नठाउँमा गयकाे बाढि पहिराेमा परेका पिडितहरूलाई आफ्नाे व्याक्तिगत तर्फबाट पनि नगत लगायत विविध सामाग्रिहरू वितरण गर्दै आईरहेका छन्।

यूवा नेता शाही काेभिड १९ काराेनाका कारण समस्यामा परेका देशका विभिन्न ठाउँका जनताहरूमाझ पुगि विविध राहातका सामाग्री वितरण यर्ने क्रममा कालीकाेटमा पनि स्वास्थ्य सामाग्रीहरू वितरण गरेका थिए।

कालिकोट जिल्ला तिलागुफा नगरपालिका १ नाग्ममा आज पिडित परिवारलाई नेपाली कांग्रेसले गरेकाे राहात वितरण तथा सहानुभूति,भेटघाट र सम्बेदना दिन स्थानिय निर्वाचनमा कांग्रेसबाट मेहेरका उम्मेदार शंखर उपाध्या कांग्रेसका वरीष्ठ नेता अम्म शाही यूवा नेता मनराज शाही शिक्षक संगठनका नेता नविन हमाल लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे।

Leave a Reply