Sunday, January 24, 2021
Home > mophosala > सँगै देखिन थाले दुई अध्यक्ष, प्रचण्ड निकट नेता भन्छन- दुई अध्यक्षको सहकार्य सुरू भयो

सँगै देखिन थाले दुई अध्यक्ष, प्रचण्ड निकट नेता भन्छन- दुई अध्यक्षको सहकार्य सुरू भयो

एकअर्कासँगको तिक्ततापुर्ण सम्बन्धलाई अन्त्य गर्दै नेकपाका दुई अध्यक्ष सार्वजनिक कार्यक्रममा सँगसँगै देखिन थालेका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक सार्वजनिक कार्यक्रममा सँगै देखिएका हुन्।

कोभिड-१९ बारे आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा भएको छलफलमा दुवै अध्यक्ष सँगै बसेका थिए।

यसअघि गत साउन २० गते प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी र विपक्षी दलका नेता सहित विज्ञहरूसँग कोभिड-१९ बारे छलफल गरेका थिए। सो छलफलमा प्रचण्ड उपस्थित थिएनन्। प्रचण्डका लागि राखिएको कुर्सी खाली थियो।

दुई अध्यक्षबिच तिक्तता पुर्ण सम्बन्ध रहेका कारण प्रचण्ड बालुवाटारको त्यो बैठकमा गएका थिएनन्।

साउन १३ गते प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक एकतर्फी रुपमा स्थगित गरेको भन्दै आक्रोशित बनेका प्रचण्डले बालुवाटारमै ओली इतरका स्थायी कमिटि सदस्यहरुको बैठक गरेका थिए। बैठकमा २९ जना स्थायी कमिटी सदस्यको उपस्थिति रहेको थियो।

विवाद समाधानका लागि सुझाव दिन साउन ३० गते कार्यदल गठन भएसँगै दुई अध्यक्षको सम्बन्धमा पनि सुधार आएको हो।

कार्यदलको प्रतिवेदनकै आधारमा आज बस्ने स्थायी कमिटि बैठकको प्रस्ताव तयार भएको छ।

स्थायी कमिटी बैठक बस्ने अघिल्लो दिन दुई अध्यक्ष बालुवाटारको कार्यक्रममा सँगै देखिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

दुई अध्यक्षको सहकार्य सुरु भएको प्रचण्ड निकटका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सेतोपाटीलाई बताए।

‘दुई अध्यक्षबिच रहेका असहमतिहरू हट्दै गएका छन्। अब उहाँहरुको सहकार्य सुरू भएको छ’, उनले भने,’हाम्रो पार्टीका लागि यो सकारात्मक सुरूवात हो।’

यसैगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा स्टाटस लेख्दै दुई अध्यक्ष समझदारीमा फर्किएको बताएका छन्।

‘केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकको निर्णयअनुरूप पुन: दुई अध्यक्षको समझदारीमा फर्केको छ’,थापाले भनेका छन्,’खासमा एकताको पहलकर्ता र निर्णयकर्ता दुबै उहँहरू हो र एकता जोगाउने समझदारी पनि दुई जना अध्यक्षहरूकै हो। सरकारको प्रभावकारी संचालन र पार्टीको एकता अनि गतिशीलता पनि यसअधारमै निश्चय हुनेछ।’

सेताेपाटिबाट साभार

Leave a Reply