Sunday, January 24, 2021
Home > mophosala > गणेशमानको सम्झना गर्दै टोखा नपा १० ले रक्तदान कार्यक्रम गर्ने

गणेशमानको सम्झना गर्दै टोखा नपा १० ले रक्तदान कार्यक्रम गर्ने

काठमान्डौ । नेपाली कांग्रेसका संस्थापक नेता २०४६ को जनआन्दोलनका कमाण्डर लौहपुरुष स्वर्गीय गणेशमान सिंहको २३ औँ स्मृति दिवसको अवसरमा सामाखुसीमा रक्तदान कार्यक्रम हुने भएको छ ।

नेपाली कांग्रेस टोखा नगरपालिका–१०, काठमाडौंको आयोजना तथा नेपाल तरुणदल काठमाडौं जिल्ला सदस्य प्रशिक्षण विभाग प्रमुख युवा नेता दिपक थापाको संयोजकत्वमा हुने भयकाे हाे।

विश्व काेभिड १९ काेराेनाका कारण ग्रसित भै रहेका बेला रगतकाे चरम अभाव भइरहेकाे हुदा रगतकाे अभावका कारण कुनै पनि विरामिकाे मृतु नहाेस भन्ने हेतुले कार्यक्रमकाे आयोजना गरेकाे संयाेजक थापाले पलपलखवरलाई जानकारी दिए।

नेपाली कांग्रेसका धराेहर तथा इतिहाँस सिंहकाे सम्झना गर्दै भाेली शनिबार (भदौ २७ गते) विहान १० बजेदेखि दिउँसो २ः३० बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

सिंहकाे २३ औँ स्मृति दिवसका अवसरमा गरिने उक्त रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बाँनियाको प्रमुख आतिथ्यता रहनेछ ।

सामाखुसी चोकमा रहेको स्काई पार्टी प्यालेसमा हुने रक्तदान कार्यक्रममा हाल सम्म एक सय जना भन्दा बढीले नाम दर्ता गरिसकेका कार्यक्रम संयोजक थापाले बताए ।

 

Leave a Reply