।। प्रकृति ।।
पहाडको बिच बाट नागबेली खोला सलसल।
बिहानीमा मोती दाना वृक्षको पातमा टलटल।।
जाई, जुही, बेली, चमेलीको बास्ना मगमग।
अन्धकार हर्न चन्द्रमा बोल्छिन् सधैं टहटह।।
त्यो माथि क्षितिजमा हजारौं तारा चमचम।
वर्षा याममा आकाश रसाउँछ झम झम।।
यो डाँडा पाखा शितलता छर्ने पवन हरर।
मयूर, डाँफे नाच्छन् पखेटा फिजाई फरर।।
चट्टान फोडी झरना छुट्छ गुञ्जनछ झनझन।
कोइली चरी विरहको भाका गाउँछ रनबन।।
बिहानी प्रहर हिमाल मुस्कुराउँछन् मन्द मन्द।
शान्त ती ताल तलैया सधैं आफैमा मस्त मस्त।।
( एस. एल. सी ब्याच – २०७३)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका, वार्ड नं ६
बागलुङ, नेपाल