Sunday, January 24, 2021
Home > mophosala > वि पि कोइरालाले देखाएको बाटोमा कांग्रेस हिँड्नुपर्छ; यूवा नेता शाही

वि पि कोइरालाले देखाएको बाटोमा कांग्रेस हिँड्नुपर्छ; यूवा नेता शाही

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जुम्लाका यूवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीले महामानव वि पि कोइरालाले देखाएको बाटोमा कांग्रेस हिँड्नुपर्ने अहिलेकाे आवसेक्ता रहेकाे जनायका छन्।

यूवा नेता शाहीले काइरालाले कांग्रेसमा देखायकाे त्याग, तपस्या र उदारताको सम्मान यर्दै त्यसलाई सम्पूण कांग्रेसी जनहरूले मार्गदर्शनका रुपमा लिनुपर्ने उनको भनाई रहेकाे छ ।

काइरालाकाे १०७ औं जन्मजयन्तीको अवसरमा उनले भने ‘नेपाली कांग्रेसप्रति जनताको झुकाव अझै पनि छ, कांग्रेस बलियो भएको हेर्न चाहने नागरिकको ईच्छालाई नेतृत्व र सवै तहका नेता कार्यकर्ताले ख्याल गर्नुपर्छ ।’

काेइरालाकाे जन्मउत्सवकाे अवसरमा पार्टीले ३ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ । २०१५ सालमा प्रथमपटक जननिर्वाचित प्रधानमन्त्री भएका काेइराला छोटो समयमा पनि देश र जनताको पक्षमा राम्रो काम गरेर उदाहरणीय बनेका थिए।

तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि विपीको सरकार २०१७ पौष १ गते ढलेको थियो । काेइरालाले पटकपटक गरी १२ वर्ष जेल जीवन बिताएका थिए ।

भारतको बनारसमा १९७१ साल भदौ २४ गते जन्मिएका काइरालाले २०३३ सालमा नेपाल फर्किदा लिएको राष्ट्रिय मेलमिलापको नीति अझै पनि सान्दर्भिक रहेको छ ।

भारतको स्वतन्त्रता आन्दोलनको लागि पनि सक्रिय रहेका काेइरालाले १ सय ४ वर्षे जहानिँया राणा शासन ढाल्न पार्टि र उनकाे व्याक्तिगत तर्फबाट विशेष भूमिका निर्वाह गरेका थिए ।

नेता शाही भन्छन् नेपाली कांग्रेसले यो बेला जनताका हरेक विषयमा आवाज उठाउनु पर्छ साथै कांग्रेसका संस्थापक नेताहरुले पार्टीमा खेलेकाे अहम् भुमिका र त्यागलाई भुल्न नहुने पनि बताए ।

‘विपीले आफ्नो जीवनमा कहिल्यै पनि स्वार्थको राजनीति गरेनन्, जीवनको अन्तिम क्षणसम्म देशको लागि समर्पित भएर काम गरेको इतिहास छ ’ शाहीले भने ‘ कांग्रेसको अहिलेको नेतृत्वले पनि विपीको बाटो पछ्याउनुपर्छ र राम्रो कामको अनुशरण गर्नुपर्छ, केवल नाममात्र लिएर उनको वास्तविक सम्मान हुँदैन ।’

Leave a Reply