Tuesday, January 26, 2021
Home > mophosala > अति बिपन्न परिवारलाई नेपाली कांग्रेस द्वारा राहत वितरण

अति बिपन्न परिवारलाई नेपाली कांग्रेस द्वारा राहत वितरण

कालिकोट । कोभिड १९ कोरोनाका कारण समस्यामा परेका खाँडाचक्र नगरपालिका वडा नं.२ का अति बिपन्न २०० सय परिवारलाई नेपाली काङ्ग्रेस द्वारा राहत वितरण गरियको छ।

आज कालिकोट जिल्लाको सदर्मुखकाममा रहेको खाँडाचक्र नगरपालिका वडा २ मान्ममा नेपाली काङ्ग्रेसका नेता भुपेन्द्र जङ शाही, पदम बहादुर शाही महिला नेता तारा शाह द्वारा संयूक्त रुपमा मानवियता, सामाजिक उत्तरदायित्व र सेवाको भाबनाले केहि खाद्धन्न सहयोग प्रदान गरियको छ।

यूवानेता भुपेन्द्र जंग शाही नेपाली कांग्रेस कालिकोटबाट दुई पटक संविधान सभा र प्रतिनिधि सभामा प्राजित भय पनि समृद कालिकोटको सपना बोकेका उनले कालिकोट बाट हारे पनि जिल्लाको लागि आफुले सकेका सम्भव भए सम्मका सेवाहरू दिदै आयका छन्।

यो विपदको बेला शाहीले कालिकोटमा कोरोना बाट बच्न विविध स्वास्थ्य सामाग्री वितरण गरिसकेका थिए साथै जिल्लामा गयका बाढि पहिरोबाट पिडितलाई राहात समेत बाँड्दै आएका शाहीले आज विपन्न परिवारलाई राहात वितरण गरेका हुन्।

सफल व्यावसायी तथा नेपाली कांग्रेस महिला नेता एवम नेपाल निर्माण व्यावसायी महासंघ केन्द्रीय सदस्य तारा शाहले पनि उक्त राहात वितरण कार्यक्रममा सहकार्य भुमिका निभायकी थिईन।

उक्त नगरपालिकाका स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसका मेहेरका उम्मेदार तथा जिल्लाका प्रभावशाली नेता पदम बहादुर शाही पनि उक्त राहात कार्यक्रममा सहभागी रहेर राहात वितरण गरियको हो।

Leave a Reply