Monday, January 18, 2021
Home > mophosala > विश्व हिन्दु युवा संघले गर्यो रातो मछिन्द्रनाथको रथतान्दा गिरफ्तार यूवाको रिहाइको माग

विश्व हिन्दु युवा संघले गर्यो रातो मछिन्द्रनाथको रथतान्दा गिरफ्तार यूवाको रिहाइको माग

काठमाडौं । यही भदौ २० गते शनिवार रातो मछिन्द्र नाथको रथ तान्न पुल्चोक पुगेका युवाहरूलाई प्रहरीले गरेको गिरफ्तारी प्रति विश्व हिन्दु युवा संघले विरोध गर्दै रिहाइको माग गर्दै त्यस कार्यको निन्दा गरेको छ।

संघका अध्यक्ष ऋषिकेश जंग शाहले आज एक बिज्ञप्ति जारी गर्दै उक्त कार्यको निन्दा गर्दै गिरफ्तार गरेका सबैलाई बिना सर्त तत्काल रिहाइ गर्न माग समेत गरेका छन्।

अध्यक्ष शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ सरकारले गरेको निषेधाज्ञाको बेलामा पनि रोग र भोगको चिन्ता नगरी ज्यानकै बाजी थापेर हाम्रो धार्मिक संस्कृतीलाई बचाउन पुल्चोकमा सयौंको संख्यामा उत्रिएका सम्पुर्ण प्रती उच्च सम्मान गर्दछौं।

बिज्ञप्ति मार्फत अध्यक्ष शाहले सांस्कृतिक नेपालको सभ्यता र खजाना भएको भन्दै यसको रक्षाका लागि जागरुक बन्न सबै सनातन धर्मावलम्विहरुलाई अपिल समेत गरेका छन्।

Leave a Reply