Tuesday, January 26, 2021
Home > mophosala > मानव बेचबिखनलाई तीन वर्षभित्र अन्त्य गर्छौं : मन्त्री गुरुङ

मानव बेचबिखनलाई तीन वर्षभित्र अन्त्य गर्छौं : मन्त्री गुरुङ

काठमाडौं,भदौ २०

२१ औं शताब्दीमा पनि मानव बेचबिखन जस्तो निकृष्ट कार्य हुनु हामी सबैका लागि लज्जाको विषय रहको भन्दै मन्त्री गुरुङले मानव बेचबिखन तथा ओसारपसार अब व्यक्ति, परिवार, समुदाय वा कुनै दुई देश बीचको मात्रै नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनिसकेको बताएका छन्।

मानव बेचबिखन तथा ओसारपसारविरूद्ध राष्ट्रिय दिवसको सन्दर्भमा विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङले ‘मानव बेचबिखन तथा ओसारपसारको अन्त्य सुसंस्कृत, सभ्य समाज र सामाजिक रूपान्तरण अबको गन्तव्य,’ का लागि नेपाल प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन्।

‘सरकारले रोजगारीका लागि जान बन्द गरेको खाडी मुलुकबाट उद्धार गरिएका महिलाहरू र उनीहरूको अवस्थाले यसलाई छर्लंगै  पारेको छ। कोरोना महामारीको यो बेला बेचबिखनका क्रममा भारत पुर्याइएका २१ जना महिलाको उद्धार गरी परिवारमा पुनर्स्थापना गर्नुले पनि सरकार मानव बेचबिखन र ओसारपसारविरूद्ध निरन्तर काम गरिरहेको प्रष्ट छ,’विज्ञप्तिमा मन्त्री गुरुङले भनेका छन्’अझै पनि तीनै तहका सरकारलगायत न्यायका लागि लडिरहेका अधिकारवादीहरू, संघसंस्थाहरू र नागरिक समाजले गरेका प्रयास पर्याप्त देखिएनन्। यो अमानवीय र दण्डनीय अपराध रोक्न हामी सबैको थप सक्रियता र प्रतिवद्धता आवश्यक भएको छ।’

मानव बेचबिखन जस्तो जघन्य अपराधलाई पूर्ण रूपमा अन्त्य गर्नु सरकारको लक्ष्य रहेको समेत उनको भनाइ छ।

सेताेपाटिबाट साभार

Leave a Reply