काठमाडौं । नेपाली कांग्रेस जनसम्पर्क समिति पोेर्चुगलका महासमिति सदस्य चिजकुमार तामाङ कांग्रेस केन्द्रीय सूचना संचार तथा प्रचार विभागको सदस्यमा मनोनित भएका छन् ।
धादिङ घर भएका तामाङ हाल युरोपमा बसेर व्यवासायसंगै कांग्रेसको राजनीतिमा सक्रिय छन् । जनसम्पर्क समिति पोर्चुगलको सभापतिका बन्नका लागि दौडधुपमा रहेका तामाङलाई कांग्रेस सभपाति शेरबहादुर देउवाले प्रचार विभागको सदस्यमा मनोनित गरेका हुन् ।
देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सूचना, संचार तथा प्रचार विभाग विस्तार गरेका हुन् । विद्यार्थी राजनीति देखि नै पार्टीमा सक्रिय छन् ।
उक्त विभागको विश्वप्रकाश शर्मा प्रमुख रहेका छन् । सभापति देउवाले वरिष्ठ पत्रकार शुरेश आचार्यलाई उपप्रमुखमा मनोनयन गरेका छन् । मनोनित ४८ जनामध्ये सचिवमा दिनेश थापा मगरलाई मनोनयन गरिएको छ ।
विज्ञप्ति