Sunday, January 24, 2021
Home > mophosala > सुरक्षाकर्मी र स्थानीयबीच पुल्चोकमा केही बेर ढुंगा हानाहान

सुरक्षाकर्मी र स्थानीयबीच पुल्चोकमा केही बेर ढुंगा हानाहान

काठमाडौं । विगत दुइ साता बाट काठमान्डाै उपत्यकामा लगाइएकाे निषेधाज्ञा तोड्दै ललितपुरका स्थानीयले पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथको रथ तानेर सडकमा ल्याएका छन् ।

कोरोनाले काठमान्डाै दिनहुं थिलाे थिलाे भइरहेका बेला स्थानिय प्रशासनले लगायकाे निषेधाज्ञाकाे बेवास्ता गर्दै हजारौं मानिस भेला भएर रथयात्रा सुरु गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

बिहीबार बिहान १० बजेपछि जम्मा भएका युवाको भिडले रथ तानेर बीच सडकमा ल्याउदै गरेका एक यूवाले पलपलखवरलाइ भने “६ मैना देखि लगडाउन गरेपनि केहि गर्न नसकेकाे र संस्कृति जाेगाउन र निरन्तता दिन हामिले याे कदम उठायकाे हाे।’

त्यसपछि हजारौं मानिस रथयात्रामा सामेल भएका थिए । यो खबर फैलिएलगत्तै प्रहरीले थप सुरक्षा फौज बोलाएर अहिले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ ।

सुरक्षाकर्मी र स्थानीयबीच पुल्चोकमा केही बेर ढुंगा हानाहान भएको थियो । प्रहरीलाई ढुंगा र इँटा प्रहार भएपछि प्रहरीले पनि पानीको फोहोरा प्रहार गरेर भिड तितरवितर पारेको थियो ।

त्यसपछि अहिले स्थिति तनावग्रस्त बनेको छ । अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ ।

 

Leave a Reply