Thursday, January 21, 2021
Home > mophosala > सफल व्यावसायी थापाको संयोजकत्वमा २०० घरपरिवारलाई राहत

सफल व्यावसायी थापाको संयोजकत्वमा २०० घरपरिवारलाई राहत

काठमान्डौ । प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेेस टोखा नगरपालीका वडा नं. १० को आयोजनामा समाज सेवी तथा सफल व्यावसायी दिपक थापाको संयोजकत्वमा २०० घरपरिवारलाई राहत बितरण गरिएको छ। वडामा विविध कारणले घर परिवारमा खाद्यान्न अभाबमा रहेेेका जनताहरुलाई राहात स्वरुप खाद्य सामाग्रिहरु घर-घरमै पुगेर बितरण गरिएको छ। रोगले भन्दा भोगले समाजमा कोहि आक्रान्त नबनुन भन्ने हेेेतुले उक्त सामाजिक कार्य टोखा-१० कांग्रेसलाई माया गर्नेहरुको सहभागितामा सम्पन्न भएको छ। ‘विश्व कोभिड १९ कोरोना भाईरसले आक्रान्त छ यो सम्पुर्णमा अबगत रहेको कुरा हो यस्तो बिसम परिस्थितिमा कति मानिसहरु रोजगार विहिन हुनु परिरहेको र दिनभरि कमाई वेलुका छाक टार्ने कैयन मानिसहरुलाई घरको चुलो बाल्न हम्मे हम्मे परिरहेको बेला तेस्ता अप्ठ्यारोमा परेकाहरुको लागि यस्ता कार्यले विशेष टेवा पुर्‍याउने कार्यक्रमका सदस्य माधव सेढाईले पलपलखवरलाई बताए । यस्ता खाले कार्यक्रमले समाजमा ‘हुने खाने र हुँदा खाने’ बीचको खाडल थोरै भएपनि पुरिने छ। अभाव र समस्यामा परेकाहरुलाई यस्तो कार्यक्रमले मध्यस्त कर्ताको भुमिका निभाउने पक्का छ। कोभिड १९ का कारण विश्व नैै थिला थिला परेका बेला यी र यस्ता कार्यक्रमहरु व्यापकरुपमा देशैै भर संचालनमा ल्याउन जरुरी छ। हाम्रो समाजमा फाट्टफुट्ट सुन्नमा आएपनी यो र यस्ता कार्यक्रम सिमित मात्रमा संचालन छन्। यस्ता कार्यले निरन्तर र बिस्तारमा संचालन हुनुपर्छ।

Leave a Reply