Monday, January 25, 2021
Home > mophosala > ७० करोड काण्डका नाइकेमध्ये एक विजय मिश्र जापान फरार

७० करोड काण्डका नाइकेमध्ये एक विजय मिश्र जापान फरार

काठमाडौं– सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका ठेकेदार विजय मिश्र जापान फरार भएका छन् । उनी दुई महिनाअघि जापान पुगेको बताइएको छ ।

सरकारले ७० करोड काण्डमा मन्त्री पद गुमाउने गोकुल बास्कोटालाई उन्मुक्ति दिएर चोख्याउने र आफूलाई कारबाही गर्ने संकेत पाएपछि मिश्र जापान उडेको बताइएको छ ।

मिश्रसँगको टेप प्रकरण बाहिर आएपछि छानबिनका लागि राजिनामा दिएका बाँस्कोटाले मिश्रविरुद्ध अदालतमा गालीबेइज्जतीको मुद्दा दिएका छन् । मुद्दाका लागि आवश्यक प्रक्रिया पूरा नगरी मिश्र जापान पुगेको बताइएको छ ।

अडियो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसबारे छानबिन गरिरहेको छ । तर, बास्कोटालाई कारबाही गर्न प्रमाण नपुगेको भन्दै चोख्याउने प्रपञ्च सुरु भइसकेको छ ।

मिश्रले संसदीय समितिका सदस्यहरुले समेत घुस खाई निर्णय प्रक्रियामा ढिलाइ गरेको आरोप लगाएका थिए ।

सरकारले जीटुजी विधिबाट सिधै सेक्युरिटी प्रेस खरिद गर्न थालेपछि मिश्रले आफू आवद्ध कम्पनीलाई नदिएको भन्दै तत्कालीन मन्त्री बाँस्कोटाको आलोचना गरेका थिए । सोही प्रकरणमा उनले ७० करोड रुपैयाँ मागेको अडियोमा देखिएको छ ।

मिडिया डबलीबाट साभार

Leave a Reply