Saturday, January 23, 2021
Home > mophosala > प्रधानमन्त्री ओलीले दिनदहाडै ढाँटेपछि…

प्रधानमन्त्री ओलीले दिनदहाडै ढाँटेपछि…

काठमाडौं-  प्रधानमन्त्री केपी ओलीले शनिबार प्राइम टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा धेरै झुट बोलेको फेला परेको छ ।

अन्तर्वार्तामा प्रधानमन्त्रीले देश र जनतालाई के के ढाँटे भन्ने विषयको खोजी हुन थालेको छ । उनले चार–पाँचवटा तथ्यहीन र भ्रामक कुरा बोलेको भन्दै सामाजिक सञ्जाल र मिडियामा चर्चा हुन थालेको छ ।

प्रधानमन्त्रीले अन्तर्वार्तामा बेसारले क्यान्सर निको गर्ने बताए । त्यस्तै, उनले देशमा एक दिनमा २३ हजारसम्म परीक्षण गरिएको दाबी पनि गरे । जबकि नेपालमा अहिलेसम्म तीन दिन मात्र १३ हजारभन्दा बढी पिसिआर परीक्षण भएको छ ।

हुँदै नभएको दैनिक २३–२४ हजार परीक्षण भएको भनेर उनले कसलाई ढाँट्न खोजेका हुन् ? भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्रीले अन्तर्वार्तामा मरेकाहरुको संख्या सबै कोरोनाको कारणले होइन, अरु कारणले मरेको हो भन्ने दावी गरे। त्यसो भए कति संख्या चाहिँ कोरोनाकै कारण मरेको हो त ? य

स्तै, उनले आफ्नो पालामा सडक निर्माण धेरै भएको र कालोपत्रेसमेत बढी भएको भनेर सफेद झुट बोलेका छन् । प्रधानमन्त्रीले पहिले वर्षमा १० किलोमिटर सडक बन्थ्यो भन्दै विगत दुई वर्षमा ३६ सय किलोमिटर सडक बनेको तथ्यांक दिए।

दिनको ६ किलोमिटरको दरले डबल लेन, फोर लेन, सिक्स लेनका बाटो बनेको बताए। तर आर्थिक सर्वेक्षणमा यस्तो कुनै तथ्यांक छैन ।

मिडिया डबलीबाट साभार

Leave a Reply