Tuesday, January 26, 2021
Home > mophosala > नेपाली कांग्रेस टोखा न.पा १० वडाले ल्यायो FOOD BANK को अबधारणा

नेपाली कांग्रेस टोखा न.पा १० वडाले ल्यायो FOOD BANK को अबधारणा

काठमान्डौ । प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेेस टोखा नगरपालीका वडा नं. १० को आयोजनामा समाज सेवी तथा सफल व्यावसायी दिपक थापाको संयोजकत्वमा food bank सन्चालनमा ल्याईदै छ।

वडामा विविध कारणले घर परिवारमा खाद्यान्न अभाबमा रहेेका जनताहरुलाई राहात स्वरुप खाद्य सामाग्रिहरु बितरण गरिदैछ। रोगले भन्दा भोगले समाजमा कोहि आक्रान्त नबनुन भन्ने हेतुले food bank को अवधारणा ल्याईएको हो।

‘विश्व कोभिड १९ कोरोना भाईरसले आक्रान्त छ यो सम्पुर्णमा अबगत रहेको कुरा हो यस्तो बिसम परिस्थितिमा कति मानिसहरु रोजगार विहिन हुनु परिरहेको र दिनभरि कमाई वेलुका छाक टार्ने कैयन मानिसहरुलाई घरको चुलो बाल्न हम्मे हम्मे परिरहेको बेला तेस्ता अप्ठ्यारोमा परेकाहरुको लागि यस food bank ले विशेष टेवा पुर्याउने कार्यक्रमका सदस्य माधव सेढाईले पलपलखवरलाई बताए ।

यस food bank को व्यानरमा लेेखिए जस्तै खाद्य सामग्री हुनेले दिने र नहुने लेजाने नै हो । यस्ता खाले कार्यक्रमले समाजमा ‘हुने खाने र हुँदा खाने’ बीचको खाडल थोरै भएपनि पुरिने छ।

अभाव र समस्यामा परेकाहरुलाई यस्तो कार्यक्रमले मध्यस्त कर्ताको भुमिका निभाउने पक्का छ। कोभिड १९ का कारण विश्व नैै थिला थिला परेका बेला यी र यस्ता कार्यक्रमहरु व्यापकरुपमा देशैै भर संचालनमा ल्याउन जरुरी छ। हाम्रो देशको फाट्टफुट्ट सुन्नमा आयपनी यो र यस्ता कार्यक्रम सिमित मात्रमा संचालन छन्।

Leave a Reply