Saturday, January 23, 2021
Home > mophosala > नेकपा कार्यदलले नै एमसीसी अनुमोदन गर्न अनुमति दिएपछि…

नेकपा कार्यदलले नै एमसीसी अनुमोदन गर्न अनुमति दिएपछि…

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले अमेरिकी अनुदान सहायता प्रस्ताव मिलेनियम च्यालेञ्‍ज कम्प्याक्ट सम्झौताका सम्बन्धमा आवश्यक निर्णय गर्ने प्रतिवेदन पेस गरेको छ ।

नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल सदस्य रहेका छन् ।

उक्त कार्यदलले शनिबार पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएका थिए । उक्त प्रतिवेदनमा नेकपा कार्यदलले एमसीसी अनुमोदन गर्न पनि पार्टीलाई सुझाएको छ ।

यसअघि एमसीसीको बारेमा धारणा बनाउन नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठकबाट गठित कार्यदलले पनि एमसीसीका बारेमा प्रतिवेदन पेस गरेको थियो ।

झलनाथ खनाल, भिम रावल, प्रदीपकुमार ज्ञवालीलगायतका थिए । उक्त प्रतिवेदनमा फरक-फरक धारणा सार्वजनिक गरिएको थियो । तर, अहिलेको कार्यदलले भने एमसीसी राष्ट्रहितका सम्बन्धमा स्थायी कमिटी र सचिवालयमा छलफल गरी राष्ट्र हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने जनाइएको छ ।

प्रतिवेदनमा लेखिएको छ, ‘नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरसनबीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ । उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नुअघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदनउपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।’

मिडिया डबलीबाट साभार

Leave a Reply