Friday, January 15, 2021
Home > English > नेपालका सफल व्यावसायी विनोद चौधरीलाई कोरोना संक्रमण

नेपालका सफल व्यावसायी विनोद चौधरीलाई कोरोना संक्रमण

काठमान्डौ । नेपालका एक सफल व्यावसायी अर्बपति तथा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोभिड १९ कोरोनाबाट संक्रमित भएका छन्।

चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्।

‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो’, चौधरीले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’

चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाएका छन्।

Leave a Reply