Monday, January 18, 2021
Home > mophosala > नेकपा नेता शाहीले अस्पतालमा मनाए जन्मदिन

नेकपा नेता शाहीले अस्पतालमा मनाए जन्मदिन

कालिकोट भदौ १२ गते । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कालिकोटका सचिव नगिन्द्र शाही नेशनलले आफ्नो जन्मदिन जिल्ला अस्पतालमा    रहेका बिरामीहरुलाई फलफुल बितरण गरेर मनायका छन् ।

जिल्ला अस्पताल कालिकोटमा भर्ना भएका बिरामीहरुलाई नेता शाहीले फलफुल बितरण गरेर विरामिहरूकाे सेवा संगसंगै खर्चिलाे तामझाम गरि जन्म दिन मनाउनेहरूकालागी अर्ति बनेका छन् ।

नेकपाका कर्णाली प्रदेश कमिटिका सदस्य समेत रहेका युवा नेता शाहीले जन्मदिनको अवसरमा जिल्ला अस्पतालमा पुगेर बिरामीहरुको स्वास्थ्यलाभको कामना सहित स्याउ, केरा र फ्रुटी बितरण गरेका छन् ।

उनले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटाएर जिल्ला अस्पतालमा उपचार गराईरहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको बताए ।

प्रयाजसो मानिसहले आफ्नो जन्मदिन ठुला ठुला होटलहरुमा गएर भव्य खर्च गरेर मनाउने गर्छन । तर नेकपा नेता शाहीले आफ्नो जन्मदिनमा बिरामीहरुलाई फलफुल बितरण गरी मनाए ।

उनले आफ्नो जन्मदिनको दिन बिरामीहरुको सेवा गर्ने उद्देश्यले अस्पतालमा मनाएको बताए । आफ्नो जन्मदिन दुखी बिरामीहरुको सेवा गरेर मनाउदा निकै खुसी लागेको उनले बताए ।

फलफुल बितरण कार्यक्रममा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीहरुले नेकपा नेता नगिन्द्र शाही नेशनललाई जन्मदिनको शुभकामना सहित धन्यबाद दिएका थिए ।

Leave a Reply