Sunday, January 17, 2021
Home > mophosala > द्रौपदिको खुल्ला केशराशीमा अर्जुनको असहमती; मोति चामलिङ

द्रौपदिको खुल्ला केशराशीमा अर्जुनको असहमती; मोति चामलिङ

महाभारत युद्दमा महारथी कर्णको लगातार लक्ष्यभेदी शरको प्रहारले हायलकायल भएर बालबाल ज्यान जोगाउन सफल भएका अर्जुनलाई त्यो सांझ जिवनको अति निरास र उदासिन सांझ लाग्यो। कर्णले आफूमाथी गरेको जिवनदानले अत्यन्तै मर्माहत र अपमानित महसुस गरायो। कर्णले अमोघ अस्त्र धनुषमाथी चढाउनै लाग्दा सूर्यास्तले वातावरण झपक्कै छोप्यो।
यदि कर्ण युद्दनितिको चरम उल्लंघन गर्ने योद्दा हुन्थ्यो भने त्यहिं सांझ अर्जुनको इहलिला समाप्त हुन सक्थ्यो। जो कुरा (नारायण) बासुदेवले पनि स्विकारेका छन् । रणभूमिमा योद्दाको आयु प्रतिपल अनिश्चित हुन्छ। सांचिकै कर्णको प्रहारले अर्जुनको सातोपुत्लो मात्र उडेको होइन एक किसिमले उनलाई असिमित अपमानित र निरिह भएको अनुभूति गरे।
जब सूर्यास्तले युद्द बिरामको संकेत गर्यो तब गाण्डिवधारी अर्जुन लखतरान भएर छाउनितर्फ रमाना भए। त्यो दिन समेत कर्णलाई बध गर्न असफल भएको आक्रोश अर्जुनलाई भन्दा धेरै पान्चालिलाई पर्न गएको थियो। दुस्शासनको रक्त बुंदले आफ्नो केशराशि सिंचित गरिकन खुल्ला छोडेकी पान्चालिले कर्ण बध उप्रान्त मात्र गंगाजलले पखाल्ने प्रतिबद्दता गरेकी थिइ।
कर्णको एकोहोरो आक्रमणले लखतरान परेका अर्जुनलाई पान्चालिको खुल्ला केशरासीले अझ गिज्याएको महसुस गरे। तब अर्जुन आग्रह गर्छन्:- पृये पान्चाली, तिम्रो यो खुल्ला केशरासी अब पखाल। दुश्सासनको रक्तबुंदले अभिसिन्चित भएको यो तिम्रो कपाल भन्दा यो युद्द ठूलो हो। तिम्रो खुल्ला केशराशी भन्दा हस्तिनापुर लाखौं गुना महत्वपूर्ण र महान छ।
यो युद्दले स्थापित गर्ने लक्ष्य तिम्रो ब्यक्तिगत मान अपमान भन्दा लाखौं करोडौं गुना विशाल छ। पान्चाली प्रतिवाद गर्छे:- उसो भए तिमी कर्ण बध गदैनौ? या त गर्न चाहदैनौ। उसले कुरुबंशका बधु र पटरानिलाई गरेको अपमान क्षमायोग्य ठान्छौं? अर्जुन कड्किएर बोल्छन्, हे पृये, कर्ण एक महारथी मात्र होइन कौरव पक्षको प्रधान सेनापती हुन्।
जुन पद र मर्यादामा पुज्यनिय भिष्मपितामह तथा आदर्णिय गुरु द्रोणाचार्य पदासिन भैसकेका छन्। त्यो स्थान ग्रहण गर्ने योद्दा पनि उत्तिकै आदर्णिय हुन् । यसलाई तिमिले खेलांची नसम्झ। कर्ण बध उति सहज छैन। उनी महान वीर योद्दा हुन्। मेरो निपुणता बराबर उनिसंग पनि निपुणता शेष छ। अपितु अवश्य म कर्ण बध गर्छु। यति भनिकन सम्झाएर अर्जुनले द्रैपदिको आक्रोशलाई मत्थर पारे।

Leave a Reply