Sunday, January 24, 2021
Home > mophosala > कम्युनिस्ट सरकारको यस्तो हर्कत, गोप्य पत्र पठाएर पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न उर्दी

कम्युनिस्ट सरकारको यस्तो हर्कत, गोप्य पत्र पठाएर पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न उर्दी

काठमाडौं– कम्युनिस्ट सरकारले अर्को रमिता देखाएको छ। रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई पठाएको गोप्य सर्कुलर बाहिरिएको छ ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ ।

चार दिन अघि सम्प्रेषित पत्रमा पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरुमा हुनसक्ने ‘अवाञ्छित गतिविधि’ रोक्न भनिएको छ ।

अनुसन्धानमा प्रहरी गम्भिर नभएको आरोप लागिरहेका बेला गृहको सर्कुलर सार्वजनिक भएपछि नागरिक आक्रोश बढेको छ ।

यस्तो छ पत्र 

circular-of-home-ministry.jpg

मिडिया डबलीबाट साभार

Leave a Reply