Tuesday, January 19, 2021
Home > mophosala > ४० लाखको राहत बाडिसकेका कांग्रेस नेता खान फेरी लागे विर्यानी बाड्न

४० लाखको राहत बाडिसकेका कांग्रेस नेता खान फेरी लागे विर्यानी बाड्न

काठमाडौं । कोरोना महामारीका कारण भएको पहिलो चरणको लकडाउनमा ४० लाख बराबरको राहत बाँडेका कांग्रस नेता मिन्हाज खानले फेरी राहत बाड्न सूरु गरेका छन् ।

चैत्र ११ देखि सूरु भएको पहिलो चरणको लकडाउन अन्तरगत एक सय २० दिनको समय अवधिमा उनले राहत बाड्नमा आफ्नो ४० लाख खर्चेका हुन् । त्यतिखेर उनले मेन्ज फाउन्डेशन मार्फत १८ हजार पाँच सय ल्पेट विर्यानी मात्रै बाडेका थिए । त्यसका साथै उनले ४० हजार मास्क, फेस शिल्ड र २४ सय ५० थान पिपिइ निःशुल्क वितरण गरेका थिए ।

‘सेवा नै धर्म हो’ भनेर निरन्तर समाज सेवामा रहेका उनी दिनदुःखीको अविभावक बनेका छन् । ठमेलको सात घुम्तीलाई केन्द्रविन्दु बनाएर कोरोना महामारी नियन्त्रणका लागि सरकारले दोस्रो चोटि लागु गरिएको निषेधाज्ञामा पनि खान राहत वितरणमा जुटेका छन् । दोस्रो चरणको निषेधाज्ञा सूरु भएको छैटौ दिनसम्म रासन बाडेका खानले बुधबारबाट विर्यानी बाड्न सुरु गरेका छन् ।

पहिलो दिन बुधबार खानले एक सय ५० जनाइ विर्यानी वितरण गरेका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई आवश्यकताका आधारमा रासन वितरण गरेको बताए । उनले भने, ‘मेरो अभियानमा साथ दिनेहरु धेरै छन्, यसअघि नै मेरो ठुलो खर्च भइसकेकाले अव भने टाइडमा छु, तरपनि यस्तो बेलामा समस्यामा परेकाहरुलाई सहयोग गर्नै पर्यो’ ।

खानका अनुसार आफ्नो अभियानलाई साथ दिन दिनहुँ जसो सहयोग आउने क्रम पनि जारी रहेको बताउछन् । ‘अव मैले सहयोग गर्ने भनेको दाताहरुबाट आउने सहयोगले नै सहयोग गर्ने हो’, खानले भने । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी कोरोना महामारीमा उनले गरेका योगदानको कदर गर्दै कोविड १९ हिरो पुरस्कारबाट समेत सम्मानीत भइसकेका छन् ।

कांग्रेस काठमाडौं क्षेत्र नं. २ का क्षेत्रीय सदस्य रहेका खानले समाजसेवा बाटै राजनीतिक छवि बनाएका छन् । उनले गरेका कामका आधारमै उनी युवाहरु माझ लोकप्रीय छन् । खान केहि समय अगाडि मात्र नेपाली कांग्रेसको विभिन्न विभागहरु मध्ये मुस्लिम विभागको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले मनोनित गरेका हुन् ।

 

Leave a Reply