नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वप्रति कार्यकर्ताकै भरोसा गुम्दै गएको बताएका छन्।
मंगलादेवी सिंहको स्मृतिमा नेपाल महिला संघले बुधबार गरेको भर्चुअल अन्तर्क्रियामा उनले बलियो कांग्रेसका लागि नेतृत्व पनि ठीक हुनुपर्ने बताएका हुन्।
उनले पार्टीमा गुट-उपगुट रहेको औंल्याउँदै पार्टीलाई संस्थागत रूपमा एक ढिक्का बनाएर लैजान सक्ने नेतृत्व कार्यकर्ताले खोजेको बताए।
‘कांग्रेस बलियो भएन भने लोकतान्त्रिक व्यवस्था बलियो हुँदैन,’ उनले भने, ‘बलियो कांग्रेसका लागि नेतृत्व पनि ठीक नेताको हातमा लैजानुपर्छ।’
सिंहले नेपाली महिलाको हक, अधिकारका लागि नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवीले आवाज उठाएको पनि स्मरण गरेका थिए।
उनले फागुनमा हुने महाधिवेशनमा महिलाहरू पनि थप क्रियाशील भएर नेतृत्वमा आउनुपर्ने बताए।
सेताेपाटिबाट साभार