Sunday, January 17, 2021
Home > mophosala > नेकपाले डाक्यो सचिवालय बैठक

नेकपाले डाक्यो सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ।

कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न नेकपाले सचिवालय बैठक भदौ १३ गते बोलाएको हो।

मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले सचिवालय बैठक तय गरेको हो।

नेकपा विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो।

सचिवालय बैठकपछि स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरूको तयारी छ।

यसैबीच वरिष्ठ नेता माधव नेपाल होम क्वारेन्टिनमा बसेकाले सचिवालय बैठक १३ गते पुर्‍याइएको स्रोतको दाबी छ।

गत शनिबार वरिष्ठ नेता नेपालका सुरक्षामा रहेका ९ जनाको कोरोना पोजेटिभ आएपछि उनी क्वारेन्टिनमा बसेका छ्न्।

नेपालको भने पिसिआर नेगेटिभ आएको थियो।

सेताेपाटिबाट साभार

Leave a Reply