जब चलायमान पानी चट्टान मा ठोकिन्छ तब न त्यसबाट फोहोरा छुट्छ अनि गुञ्जायमान हुन्छ।अनि बल्ल झरना जो कहलिन्छ। सबै चट्टानको गर्भ बाट छुटेका पानी झरना कहलिदैनन्। झरना कहलिनको लागि ठोक्कनै पर्दछ। जति वेगमा, जति जोड ले, जति टाढाबाट कडा चट्टानमा ठोक्किन्छ बगेको पानी त्यतिनै भयन्कर तर वजस्पी रूप धारण गर्दछ झरनाले।
ठोक्किने, फुट्ने अनि जुट्ने प्राकृतिक नियम नै रहेछ झरना र मानव जिवन दुवैको। ठोक्किने, जुट्ने, फुट्ने, टुक्रिने प्रक्रियाबाट सुन्दर फोहोरा र ध्वनी काे समायोजन भै झरनाले जीवन्तता पाए जस्तै मानव जिवन मा पनि यही प्रक्रिया जिवन प्रयन्त चलिरहन्छ।पानीको वेग, फोहोरा र ध्वनी काे घनिभूत पूर्णाकर झरना भए झैं मानव जिवन – समयको परिधि भित्र रहेको कार्य- कर्म र संघर्ष काे घनिभूत रूप रहेछ। मानव जिवन काे सुरु र अन्त्य दुवै छुट्टिने कार्य बाट हुन्छ- पहिलो आमाको कोख बाट र अन्तिम भौतिक संसार बाट। बाँकी जिबन मा ‘ छुट्ने’ र ‘ जुट्ने ‘ क्रम चलिरहन्छ ‘ मिलन ‘ र ‘ बिछोड ‘ काे रूपमा। जसका सारथी रहन्छन् – ‘ सुख ‘ र ‘ दुःख ‘ ।
संघर्ष काे परिधि भित्र विभिन्न परिस्थिति सँग जब ठोकिन्छ जिबन, मानिस बारबार लड्छ, पल्टिन्छ, थच किन्छ। जो परिस्थिति सँग जुधेर, पल्टिएर, लडेर पुनः उठ्छ र जिबन संघर्ष मा निरन्तर सामना गरिरहन्छ आखिर त्यो नै सफल कहलिन्छ। यसरी संघर्ष जितेर आउनेहरूलाई दुःखले अत्याउन र सुखले मत्याउन सक्दैन। यसरी दुःखमा नमात्तिने र सुख मा नआत्तिने हरु नै सार्थक जिवन जिउँछन्। एक तमास काे जिन्दगी – झरना जस्तै एक सुर काे, आफ्नै तमास काे न कुनै रिस, न राग, न घमण्ड, न अहम् आदि। जिन्दगी बगिरहन्छ झरना जस्तै अविरल।
यी प्राणी हरुको लागि जिन्दगी प्रिय बन्दछ।
आहा! झरना।
आहा! जिन्दगी।