Monday, January 18, 2021
Home > mophosala > एकजना क्यान्सर पिडित महिलाको वास्तविक कथा; राधा आचार्य अधिकारी

एकजना क्यान्सर पिडित महिलाको वास्तविक कथा; राधा आचार्य अधिकारी

हिन्दु महिलाहरुले हरितालिका तिजमा पतिको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै भाद्र शुक्ल तृतीयामा ब्रत बसी शिव पार्वतीको पूजा उपासना गर्छ्न र शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास मानिन्न छ । अविबाहित महिलाले राम्रो पति प्राप्ति र जीवन सुखमय प्राप्ति होस भन्दै निर्हार व्रत बस्ने गर्छन् ।
बिद्या खडकाले पनि सोचेको केटा भेटियोस भनेर कयौं पटक तिजमा निखार व्रत बसेर शिव पार्वतीको पुजाआर्जन गरिन् । तर उनले सोचे जस्तै केटा भेटिन डेविट खडका, उनीहरु दुबैको गहिरो प्रेम सम्बन्ध बन्यो । दुबैले त्यो गहिरो प्रेम सम्बन्धलाई बिबाहमा परिणत गर्ने निधो गरे, प्रेम सम्बन्धको केही बर्षपछी दुबै जनाको परिवारको सहमतीमा उनिहरुले मागी बिबाह गरे ।
बिद्या धेरै खुशी थिईन, प्रेम गरेको केटासँग दुवै घरपरिवारकाले सहमतीमा बिवाह सम्पन्न भएपछि, बाकी जीवन उनै (डेबिट खडका) सङ्ग हासि खुसीका पल बिताउने मिठा सपना कोरिन । जिन्दगीका ती मिठा सपनामा खुड्किलामा पहिलो सन्तान रुपमा प्यारी छोरीको जन्म दिईन । उनको जिन्दगीमा छोरीको जन्मसङ्गै उनका मिठा सपना थपिए, तर ती कोरिएका मिठा सपना केही बर्षपछि एकाएक भत्किए जब उनलाई डाक्टरले क्यान्सर भएको सुनायो ।
पति र ती सानी छोरीको अनुहार उनको आखामा झलझली आईरहयो, अब म कुन दिनमा यो संसार छोडछु, के होला कसरी के गर्लान अनि यो समाजले के भन्छ भनेर मनमा कुरा खेलाई रहिन । तर उनलाई कुनै बेला पीडा सहन नसकेर जीवन त्याग गरिदिउ जस्तो लाग्थ्यो तर फेरी आफ्नो परिवार साम्झिन्छ्न अनि जीवन जिउन आट गर्छिन ।
क्यान्सरपीडित बिद्याले शुक्रबार आफनो फेसबुकमा भावुक स्टाट्स लेखेकी छिन् । उनले स्टाट्समा यस्तो लेखेकि छिन्- ‘जब मैले आफुलाइ क्यान्सर भएको थाहा पाए तब मलाई एक दमै पीडा भएको थियो! म एक्कासी छाङ्गाबाट खसे झै भएको थिए,भकरै त म सपना देख्न थाल्यथे।आफुले यो गर्छु त्यो गर्छु भनेर प्लान बनउन थालेकि थिए ,जिबन जिउन सिकिरहेकि थिए असल बुहारी बन्ने कोसिस गरिराखेकी थिएँ मेरी प्यारी ,मेरी मुटु मेरी छोरी अग्रता र मेरो जीवन साथी डेभिड संग आफ्नो सम्पूर्ण जीवन खुसियाली संग बिताउन चाहन्थे!तर मेरो दुर्भाग्य ,मलाइ क्यान्सर भयो। र यो क्यान्सरले मलाई धेरै कुराहरू सिकायो मलाई अझै धेरै बलियो बनायो जस्तो सुकै अवस्था म पनि मलाई जिउन सिकायो ।
जिवन को महत्व के हो भन्ने बुझायो । थाहा छैन् मेरो सासले मलाई कहिले सम्म साथ दिने हो तर म एति चाडो हार त मन्ने वाला छैन .त्यसैले सबै जना आट गर्नु, हार कहिल्यै नमान्नू ।मेरो पनि एक वर्षभित्रै धेरै एस्ता टाइम आए जुन बेला पीडा सहन नसकेर जीवन त्याग गरिदिउ जस्तो लाग्थ्यो तर फेरी आफ्नो परिवार साम्झिन्छु मलाई माया गर्नै साथ दिने प्रिय जन हरु लाई सम्झिन्छु अनि फेरी आँट आउछ ।हो एतिबेला धेरै अप्रिय कुरा हरु पनि देख्नु पार्छ सुन्नुपर्छ ।
निरास गर्नै हतोत्साहित पुर्याउने. मान्छे हरु को पनि भिड हुन्छ तर त्यो सबै कुराहरूलाई बिर्सेनु पर्छ । यस्तो समयमा पनि साथ नदिने रोगी बिरामीको बारेमा नराम्रो भन्ने र सोच्नेलाई के थाहा उसको पनि समय आउदै छ भनेर । क्यान्सर पाप अधर्मी लाई हुन्छ होला सोचिन्थ्यो त्यही भएर एति पीडा सहनु पर्छ सोचिन्थ्यो तर जब म अस्पतालमा स-साना अबोध बालबालिकाहरुलाई देख्छु अनि सोच्छु यिनिहरु ले के पाप गरेँ होलान् के अधर्म गरेहोलान्? यस्तै रहेछ पापी दुनिया भनेर!अहिले कोरोना महमारीमा पनि हामीले मन कडा भएर बस्नुपर्छ हार मान्नुहुदैन मनावता लाई भुल्नु हुँदैन एक अर्काको साथ दिनु पर्छ भन्न सकिन्न कतिबेला कस्को समय आउछ भनेर, आई लब यु अल !!’

Leave a Reply