Thursday, January 21, 2021
Home > mophosala > पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ जना अङ्गरक्षकलाई कोरोना पोजिटिभ

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ जना अङ्गरक्षकलाई कोरोना पोजिटिभ

काठमाडौँ । सत्तारूड दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ जना अङ्गरक्षकलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

स्वकीय सचिव मोहन गौतमका अनुसार नेपालका सबै परिवार उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरूको मात्र कोरोना पोजिटिभ देखिएको जानकारी दिए ।

बिहीबार गरिएको परीक्षणको आज प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले बताए । अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै उनीहरूलाई आइसोलेसनमा राखिएको स्वकीय सचिव गौतमले बताएका छन् ।

Leave a Reply