Tuesday, January 19, 2021
Home > mophosala > पुरै गाउँ काङ्ग्रेसमा प्रवेस : नेता शाहीको उपस्थितिमा सयौले गरे नेकपा परित्याग

पुरै गाउँ काङ्ग्रेसमा प्रवेस : नेता शाहीको उपस्थितिमा सयौले गरे नेकपा परित्याग

कालिकोट ।  कालिकाेट जिल्लाकाे खाँडाचक्र नगरपालिका वडा नं 2 सेरीब्युराकाेटी टाेलका १ सय ५० जना नेकपाका नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस कालिकाेटका प्रभावशाली यूवा नेता भुपेन्द्र जंग शाहीकाे उपस्थितिमा विगत लामाे समय देखि नेकपामा संगलग्न सम्पुण गाँउ वासिहरू नेपाली कांग्रेसमा प्रवेस गरेका हुन।

नेकपाकाे सरकार र पार्टीबाट जनअपेक्षाठ अनुसार काम नभएकाे, भ्रष्टाचार माैलाएकाे भन्दै खाँडाचक्र नगरपालिका वडा नं २ सेरीब्युराकाेटी टाेलका १ सय ५० जना नेकपाका नेता तथा कार्यक्रता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

नेपाली कांग्रेसका महासमिति सदस्य, २०७४ सालकाे प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा युवा नेता भुपेन्द्रजंग शाहीले खाँडाचक्र नगरपालिका वडा नं २ सेरीब्युराकाेटी टाेल नै काँग्रेसमा प्रवेश गराएका हुन ।

प्रवेश हुनेहरुमा नेकपाका नेता ललित विक, धिरज बिक, पदम बिक, सुरज बिक, बिर्जित विक, प्रेम बिक, अम्म बिक, अबिलाल बिक सहित १ सय ५० जना नेता तथा कार्यकर्ता छन् ।

नेकपाकाे पकड रहेकाे गाँउनै नेपाली काँग्रेसमा प्रवेश बनाउदै काँग्रेस युवा नेता भुपेन्द्रजंग शाहीले नेकपाकाे सरकारले गरेकाे गलत काम र राष्टघातका कारण जनताहरु अाजित भएर काँग्रसमा प्रवेश गर्न थालेकाे बताए ।

उनले कालिकाेट पनि अब काँग्रेसमय बन्ने दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता पदमबहादुर शाही, पुर्व जिविस सभापती कटकबहादुर शाही, कांग्रेस नेता कालिबहादुर शाही, मानबहादुर शाही, गगन बिक, तुल विक, केशव बिक लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply