Tuesday, January 26, 2021
Home > mophosala > महामारी नियन्त्रणमा सबै नागरिकले सरकारलाई साथ दिनुपर्छ; नेता शाही

महामारी नियन्त्रणमा सबै नागरिकले सरकारलाई साथ दिनुपर्छ; नेता शाही

जुम्ला । काेभिड १९ काेराेना भाइरसबाट विश्वनै त्रसित रहेकाे बेला नेपाल पनि अप्ठ्याराे परिस्थितिमा रहेकाे छ साथै पछिल्लो समय जुमलामा पनि कारोना संक्रमणको जोखिम बढ्दै गएको छ । हालसम्म जुम्लामा ५९ जना व्यक्ति कोरोना संक्रमण भएका छन् ।

कोरोनाको बढ्दो जोखिमका कारण जुम्लावासी त्रसित भएका छन् । तर कोरोना रोकथाम तथा संक्रमण फैलन नदिन आम नागरिक जस्तै सम्बन्धित निकाय पनि चनाखो देखिदैनन् ।

यसैबिच प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले महामारी नियन्त्रणमा सबै नागरिकले सरकारलाई साथ दिनुपर्ने तर सरकारका गलत कार्यमाथि प्रश्न गर्न छोड्न नहुने बताए ।

जुम्लामा पीसीआर प्रविधिबाट कोरोना परीक्षणको दायरा नबढ्दा संक्रमणको जोखिम बढेको उनको तर्क गरे । विश्व महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) रोगले विश्व ग्रसित भईरहेको बेला कर्णाली प्रदेशलगायत जुम्ला र जिल्लाको हिमा गाउँपालिका पनि अछुतो नरहेको भन्दै कोरोना रोकथाममा गम्भिर हुन उनको सुझाब छ ।

‘कोरोना नियन्त्रणका लागि सम्पूर्ण सरोकारवालहरु सक्रिय हुनुपर्छ । यस कठिन समयमा महामारीबाट हाम्रो जिल्ला लगाएत हिमा गाउँपालिकामा संक्रमित भई उपचारको क्रममा रहनु भएका सबै विरामीहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु’ कर्णाली अनलाइनसँग उनले भने, ‘सम्पुर्ण क्वारेन्टाइनमा र घरमा रहनुभएका महानुभावलाई उच्च मनोबलका साथ सचेत र सतर्कता अपनाउन अनुरोध गर्दछु ।’ पीसीआर परीक्षणलाई फराकिलो बनाउदै जिम्मेवारीपुर्ण ढङ्गले आ आफ्नो तह र तप्काबाट कोरोना नियन्त्रणमा सहयोग गर्न उनको आग्रह छ ।

सामाजिक भावनाको विकाश गर्न र कोरोनाबाट बच्नका लागि सचेतना मुलक सन्देश व्यक्त गर्न जरुरी रहेको उनले बताए । महामारी नियन्त्रणमा साथ दिन र सरकारका गलत कार्यमाथि प्रश्न गर्न छोड्न नहुने तर्क गर्दै उनले भने, ‘संकटमा दृढतापूर्वक सरकारसँगै उभिऔं । तर, प्रश्न गर्न भने नछाडौं ।‬ आफू पनि स्वस्थ रहौं । र अरुलाई पनि सजग गराऔं ।’

Leave a Reply