Monday, January 18, 2021
Home > mophosala > मल आयातमा ढिलाईबारे छानविन गरी दोषीमाथि कारवाही गर्न काँग्रेसको माग

मल आयातमा ढिलाईबारे छानविन गरी दोषीमाथि कारवाही गर्न काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले धान रोपाई सकिएको लामो समय वितिसक्दा पनि सरकारले कृषकहरुलाई युरिया, डिएपी लगायतका मल उपलब्ध गराउन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काँग्रेसद्वारा गठिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय समन्वय समिति संयोजक पद्म नारायण चौधरीले विहीबार प्रेस विज्ञप्ति जारी गरी समयमै मल उपलब्ध गराउनु नसक्नुले वर्तमान सरकार कृषि र कृषकहरुप्रति उदासिन रहेको प्रष्ट भएको बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस किसिमका क्रियाकलापले कृषि र कृषकहरुलाई निरुसाहित गर्ने कार्य गरेको छ । सरकारी निकायको यस्तो गैरजिम्मेवार र लापरवाही प्रति गम्भीर अपात्ति प्रकट गर्दछौं ।’

गरिब किसानहरुले दुःखकष्टका साथ लगाएको धानबालीनाली पहेलिएको अवस्थामा समयमै मल नहाल्दा बाली विग्रीने, उत्पादनमा ह्रास आउने र भविष्यमा भोकमरी सृजना हुने अवस्थालाई ध्यानमा राखि सम्बन्धित सबै निकाय गम्भीर हुन जरुरी रहेको चौधरीको भनाइ छ ।

उनले भने, ‘कोरोना महामारी, बाढीपहिरो डुवानको प्रकोप र मल अभावको कारण कृषकहरु पीडामा छनु । आफूले लगाएको बाली नष्ट हुने, श्रम खेर जाने र खाद्यान्नको अभाव हुने कुरामा चिन्तित छन् ।’ कृषकहरुको पीडावोध गरी तत्काल निकासको बाटो खोजी सहज तथा सुलभका साथ मल उपलब्ध गराउन काँग्रेसले सरकारसमक्ष जोडदार माग उठाएको छ ।

त्यसै गरी हिउँदे वालीको लागि कृषकलाई आवश्यक पर्ने मलको अभाव हुन नदिन पूर्व तयारी गर्न र गम्भीर हुनका काँग्रेसले सचेत गराएको छ । काँग्रेसले मल आयातमा भइरहेको ढिलाई तथा अनियमितताको समेत छानविन गरी दोषीमाथि कानूनी कारवाहीको माग गरेको छ ।

राताेपाटिबाट साभार

Leave a Reply