Tuesday, January 19, 2021
Home > mophosala > कालिकोटमा कराँते मार्शल आर्ट प्रशिक्षण

कालिकोटमा कराँते मार्शल आर्ट प्रशिक्षण

कालिकोट भदौ ४ गते । कालिकोटमा कराँते मार्शल आर्ट गेम सुरु गरिएको छ । जिल्ला खेदकुद विकास समिति कालिकोटको समन्वयमा किशोर किशोरीहरुको आत्मरक्षाका लागि कराँते मार्शल आर्ट गेम सुरु गरिएको हो ।
विगत लामो समयदेखी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कराँते मार्शल आर्ट प्रशिक्षण दिदै आएका सेन्साई प्रेमसिंह तिरुवाले कालिकोटमा आएर किशोर किशोरीहरुलाई कराँते मार्शल आर्टको प्रशिक्षण दिन थालेका हुन् ।
जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरी आफ्नो गृह जिल्लाका किशोर किशोरीहरुका लागि आत्मरक्षा गर्न सहयोग पुग्ने उद्देश्यले कराँते मार्शल आर्टको प्रशिक्षण दिन थालेको सेन्साई तिरुवाले बताए । उनले भने, ‘कालिकोटबाट कराँते मार्शल आर्ट गेममा क्षेत्रीय स्तरसम्मका प्रतियोगितामा मात्र सहभागी भएको अवस्था छ ।
एक जना म मात्र अन्तिराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएको छु । अन्य खेल क्षेत्रमा पनि जिल्लाको सहभागीता राष्ट्रिय स्तरसम्म सीमित छ । अब हामीले यि कालिकोटका किशोर किशोरीहरुलाई अन्तराष्ट्रिय स्तरका च्याम्पियनशिफमा सहभागी गराउने लक्ष्य छ ।’ कालिकोटसँगै कर्णालीका अधिकांश जिल्लाहरुमा बाल हिंसा, किशोरीहरुमाथि हुने यौन हिंसा जस्ता सामाजिक बिकृति र बिसंगतिहरु पनि उत्तिकै छन् ।
कराँते मार्शल आर्टका गूरु तिरुवाले भने, ‘यो प्रशिक्षणमा सहभागी भएका कुनै पनि किशोर किशोरीहरु यस्ता खालका हिंसामा पर्दैनन् । सहजै प्रतिकार गर्न सक्षम बन्छन् ।’ जिल्ला सदरमुकामबाट सुरुवात गरिएको प्रशिक्षणलाई बिद्यालयमा स्तरमासमेत पुगेर किशोरी लक्षित निशुल्क कराँते मार्शल आर्टको प्रशिक्षण दिईने उनले बताए ।
जिल्ला खेलकुद विकास कार्यालय प्रमूख नमराज मल्लले हरेक किशोर किशोरीहरुको शारीरीक, मानसिक स्वास्थ्य तथा आत्मारक्षाका लागि कराँते गेम अपरिहार्य रहेको बताए । उनले भने, ‘जिल्लामा पहिलो पटक कराँतेको प्रशिक्षण सुरु गरिएको हो । झण्डै ६० जना किशोर किशोरीहरुको सहभागीता भएको छ ।
कराँते प्रति बालबालिकाहरु आकर्षित भएका छन् । उनीहरुको सक्रियतासँगै थव व्यवस्थित रुपमा संचालन गर्नका लागि जिल्लाका सबै खेल क्षेत्रका सरोकारवालाहरुसँग समन्वय पनि गर्ने तयारी छ ।’ उनले आगामी दिनहरुमा हरेक स्थानिय तहमा कराँते मार्शल आर्ट प्रशिक्षणका लागि स्थानिय तहसँग समन्वय गरिने बताए ।

Leave a Reply