Tuesday, January 26, 2021
Home > मुख्य खबर > काव्य मुशायराको तेस्रो शृङ्खला सम्पन्न

काव्य मुशायराको तेस्रो शृङ्खला सम्पन्न

राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा काव्य मुशाएराको तेस्रो शृङ्खला सम्पन्न भएको छ । रचनावाचन युट्ुव च्यानल र मण्डला थिएटरसँगको सहकार्यमा काव्य म’शायराको यो शृङ्खला पनि भव्यता र सभ्यताका साथ सम्पन्न भएको छ । चितवनका गजलकार विनोद अनुज र बझाङका कवि सोझो गाउँले सायरको भुमिकामा थिए ।
धेरै सोच्यो हात बढाउनुअघि
तर केहि सोचेन छुटाउनुअघि
अनुजले गजलको यो सेर वाचन गर्दा हलमा खचाखच रहेका दर्शकहरुको भिडबाट गड्गडाहट तालीसँगै वान्स मोरको शब्द पनि उर्लिएको थियो । अनुजले एक दर्जनभन्दा बढि गजलहरु सुनाए ।

कविहरुको देशमा, चिनारी, बेइमान सहरमा सोझो गाउँले, आँशुले भिजेको मरुभुमी, हार स्वीकार्दैन जिन्दगी, आकाश र चराहरु शीर्षकको कविताहरुसँगै प्रेमको इजलासमा प्रतिवादीको बयान नामको कविता गाउँलेले सुनाइसक्दा दर्शकहरुको भीडबाट आएको वान्स मोरले पनि साहित्यप्रेमीहरुमा देखिएको साहित्यप्रतिको रुचिलाई निकै उजागर बनाएर देखाइदियो ।

कार्यक्रमको उदेश्य तथा औचित्यमाथि कार्यक्रम संयोजक यात्रीप्रकाश पाण्डेले प्रष्ट पारेका थिए । पाण्डेले गजल र कविताबीच सहकार्य स्थापना गराउँदै नेपाली साहित्यआकाशमा एककिसीमको सकारात्मक सन्देश प्रदान गर्नु र साहित्यकै माध्यमबाट समाजसुधार र राष्ट्रहित उपयोगी चेतनाको विस्तार गर्दै लैजाने कार्यक्रमको उदेश्य रहेको बताए । साथै काव्य मुशायराले नेपाली राष्ट्र र राष्ट्रियताको हितमा साहित्यको महत्व वृद्धि गर्दै लैजाने उनले प्रतिबद्धता पनि जाहेर गरेका थिए ।

Leave a Reply