Sunday, January 24, 2021
Home > mophosala > नवलपरासी पश्चिमका कांग्रेस उपसभापति गिरीको कोरोनाबाट मृत्यु

नवलपरासी पश्चिमका कांग्रेस उपसभापति गिरीको कोरोनाबाट मृत्यु

पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवास गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको अस्पतालमै रहेका सांसद देवेन्द्रराज कँडेलले सेतोपाटीलाई जानकारी दिए।

गिरी विजयकुमार गच्छदारको फोरमका जिल्ला नेता थिए। फोरम कांग्रेसँग मिसिएपछि उनी कांग्रेस उपसभापति भएका थिए।

उनलाई गत शुक्रबार बुटवलबाट पाटन अस्पताल रिफर गरिएको थियो।

सास फेर्न गाह्रो भएपछि उनलाई सोमबार भेन्टिलेटरमा राखिएको थियो। तर मंगलबार भने एकाएक उनको मुटुको धड्कनमा समस्या देखिए लगत्तै मृत्यु भयो।

उनको यसअघि बुटवलमै पित्त थैलीको शल्यक्रिया गरिएको थियो। त्यसपछि अस्पतालबाट डिस्चार्ज भएर घर पुगेपछि उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। लगत्तै उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

अहिले उनको शव अस्पतालमै राखिएको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ।

सेताेपाटिबाट

Leave a Reply