Tuesday, January 26, 2021
Home > mophosala > कालिकोटका बाढिपहिराे पिडितलाई तरूण महासचिव शाही पाँचलाख सहयाेग गर्दै

कालिकोटका बाढिपहिराे पिडितलाई तरूण महासचिव शाही पाँचलाख सहयाेग गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरूण दलका महासचिव भुपेन्द्रजंग शाहीले कालिकाेटमा बाढि पहिरोमा परि ज्यान गुमाएका पिडित परिवारलाई पाँच लाख सहयोग गर्ने भएका छन्।

यो वर्ष २०७७ मा कालिकाेट जिल्लाका विभिन्न ठाउँमा बाढिपहिरोले मानवीय तथा धनजनको क्षति गरेकाे छ। बाढिपहिराेमा परी जिल्लामा ३५ जनाको ज्यान गयकाे छ भने ५०० घर भत्कियका छन १००० भन्दा बढि परिवार विस्थापित भएका छन। भने हजारौ ब्यक्तिलाई बाढिपहिरोले प्रताडित र प्रभावित बनाएको छ।

बिपत र दुखका घडिमा राज्य र सरकारको अभिभावकिय भुमिका हुन पर्नेमा सरकार आफ्नो जिम्मेवारि बाट चुकेको र अहिले सम्म उचित हेरचाहा सम्म गर्न नसकेकाे नेता शाहीले पलपलखवरलाई बताए ।

नेता शाहीले भने, ‘यस्तो प्राकृतिक बिपतको घडिमा मैले सरकारको आलोचना गर्ने मात्रै भन्दा पनि दुइ दुइ पटक साम्सदको पराजित उम्म्मेद्वार भएकै नाताले मेरो पनि केहि कर्तब्य हुन्छ भन्ने मैले ठानेको छु। यहि कर्तब्य र मानवियताको नाताले साथिहरुको सहयोग तथा मेरो तर्फबाट पाच लाख बराबरको केहि नगद र केहि आवश्यक सामग्री मृतक परिबार लाइ सहयोग गर्ने जानकारी गराउदछु।’

यो दुखद र पिडाको बेला सरोकारवाला निकाय र सम्बन्धीत सबैमा सामाजिक सेवा र मानवियताको नाताले सक्दो सहयोग गर्न सबैमा नेता शाहीले अपिल समेत गरेका छन् ।

नेता शाही कालिकाेट जिल्लाबाट २०७० सालकाे दाेस्राे संविधान सभाकाे चुनाव र प्रतिनिधि सभाकाे संसदमा नेपाली कांग्रेसकाे तर्फबाट चुनावि मैदानमा हाेमियका थिए।

Leave a Reply