Sunday, January 24, 2021
Home > mophosala > ने.वि.संघ महेन्द्र बहुमुखी क्याम्पस एकई समिति नेपालगन्जले निकाल्यो विज्ञाप्ती

ने.वि.संघ महेन्द्र बहुमुखी क्याम्पस एकई समिति नेपालगन्जले निकाल्यो विज्ञाप्ती

नेपालगञ्ज । त्रिभुवन विश्वविद्यालयले गरेका पछिल्लाे चरणका गतिविधिलाई मध्यनजर गर्दै विराेध र पक्राउ परेका नेता कार्कर्ताकाे रिहाई गर्न माग गर्दै ने.वि.संघ महेन्द्र बहुमुखी क्याम्पस एकाई समिति नेपालगन्जले विज्ञाप्ती निकालेकाे छ।

त्रिभुवन विश्वविद्यालयले नेविसंघका सात जनालाई झुटा मुद्दा लगाएको भन्दै देशैभरीका क्याम्पसहरूमा तालालाउने क्रम चलिरहेका बेला  उनीहरूले पनि क्याम्पमा ताला लगाएर विरोध गरेको ने.वि.संघ महेन्द्र बहुमुखी क्याम्पस एकाई समिति नेपालगन्जका सभापति चन्द्रप्रकाश देवकाेटाले पलपलखवरलाई जनाएका छन्।

काठमान्डाैका क्याम्पसहरू त्रिचन्द्र, आरआर, पाटन, शंकरदेव, सानोठिमीमा यस अघिनै तालाबन्दी गरिएको थियाे।

‘आफ्ना जायज माग राखेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीलाई गिरफ्तार गरी झुटा मुद्दा लगाउने त्रिविका उपकुलपतिलाई हामी छाड्ने छैनौं,’ देवकाेटाले भनेका छन्, ‘केहि प्रहरी अधिकारीहरूले नियतवश विद्यार्थीहरूलाई दु:ख दिने काम गरिरहेका छन्। यसको हिसाव नेविसंघले राखेको छ।’

नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस एकाई समिति नेपालगन्जका सभापती देवकाेटाका अनुसार हिरासतमा रहेका नेविसंघ नेताको रिहाइको माग गर्दै क्याम्पसमा तालाबन्दी गरिएको हो।

‘काठमाडौं र वीरगञ्जमा गिरफ्तार गरिएका नेताहरू तुरून्त रिहाइ हुनुपर्छ,’ उनले भने, ‘झुटा मुद्दा खारेज गर्नुपर्छ।’ त्रिविमा राजनीतिक भागबन्डा अन्त्य गर्न पनि उनले माग गरेका छन्।

त्रिविमा नेविसंघले उपकुलपति कार्यालयसहित कार्यालयहरूमा तोडफोड गरेको आरोपमा सात जना पक्राउ परेका हुन्। यस्तै वीरगञ्जमा प्रमुख जिल्ला अधिकारीकहाँ ज्ञापन पत्र बुझाउन जाँदै गरेकालाई निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो।

याे हेर्नुस विज्ञाप्ती

Leave a Reply