काठमान्डौ । सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक बिहान साढे ९ बजेपछि बस्ने जनाइएकाे छ ।
सचिवालय बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यादेश निर्धारण गर्ने बताइएको छ।
गत शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलले ६ सदस्यीय कार्यदल बनाएको थियो।
महासचिव बिष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समितिमा भीम रावल, पम्फा भुषाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य छन्।
कार्यदलको कार्यादेशका लागि सचिवालय बैठक बस्नुपर्ने माग सचिवालय सदस्यहरूले गरेपछि बैठक बोलाइएको हो। नेकपाको सचिवालय बैठक यसअघि साउन ३ गते बसेको थियो।