Sunday, January 24, 2021
Home > mophosala > बिर्साइएको बिधीको राजनितिसंग मेरो गुनासो; जय सर्मा

बिर्साइएको बिधीको राजनितिसंग मेरो गुनासो; जय सर्मा

म कसैप्रति आग्रह प्रतिशोध सॉच्ने पटक्कै चाहना होइन, तर पार्टीको एक सच्चा सिपाही ठानेर त्यही नाताले पार्टीभित्र हुने अबैध, गैंरराजनीतिक, नैतिक बिहीन, गैंरजिम्मेदार, असहिंष्णुता, अराजक, अलोकतान्त्रिक कुनै पनि पार्टी संगठन बिरोधी क्रियाकलाप र ब्यवहारहरूलाई हेरिरहेर बस्न सक्दिन, म पनि लाखौ कार्यकर्ताहरू मध्येको नितीगत बैचारिक मत प्रदान गर्ने एक ब्यक्ति हु ।

एकजनाको मतको मुल्य धेरै मत ल्याएर चुनाब जित्ने र हार्नेहरूलाई संख्यात्मक रूपमा केहि नलाग्न सक्छ तर एक भोटको अन्तरले चुनाब हार्नेहरूका लागि त करोडौ मुल्य बराबरको महत्व हुन्छ । अझ नेपालमा बर्तमानको राजनितिक अवस्थालाई हेर्ने भने त करोडौका कमिसन र ठेक्कापट्टा आप्नो पक्षमा पार्ने र हार्ने दुबै अवसर पनि हुनसक्छ ।

त्यसैले नेपाली कॉग्रेसभित्र नेतृत्व र नेताहरूले सबैभन्दा बढी असहमत राख्ने, असन्तुष्ट राख्ने पक्षहरूको मागको अधिकतम सम्बोधन गर्ने प्रयास गरिनुपर्छ, तर पछिल्लो समय पार्टीभित्र बिभिन्न समूहमा बिभाजित नेता ज्यूहरूको स्वार्थपुर्ण लडाईले नेपाली कॉग्रेसको बिचार र नितिप्रतिको बैचारिक बहस ओझेलमा पर्दै गएको छ ।

कतिपय घरभित्रका समस्याहरू गुटगत राजनितिमा बिभाजित भै ब्यक्ति ब्यक्ति बिचमा झगडाको बिषय आफ्नैसंग लड्ने अस्त्र बन्न थालेको छ । पछिल्लो समयमा राणा र पंयातकालिन शासनसत्ताका बिरूद्व संगै सहयात्रामा लडेका नेताहरूमा देखिएको प्रतिशोध पुर्ण ब्यवहारले आम तनहुबासी मात्र नभै सबै सच्चा काग्रेसीहरूको मन रोएको छ ।

हजारौ कार्यकर्ताहरूमा चिन्ता प्रकट भएको छ ! राजनितिलाई राम्रोसंग बुझेका जिवनको उत्तरार्धतिर पुगेका पाका अनुभवी नेताहरूको बिबादले आफ्नै योगदान प्रति प्रश्न खडा गरेको छ भने अर्कोतिर बिपीले देखाएको मार्गदर्शन र मूल्यमान्यतामा नवीनतम बिचलन देखिने हो कि भन्ने भ्रमहरू श्रृजना हुने खतरा बढ्ने आशंका पैदा हुदै गएको छ ।

तनहु जिल्लामा तात्कालिन समयका समकालीन चार नेताहरू अम्मर राज कैनी, गोबिन्दराज जोशी, रामचन्द्र पौडेल र रामचन्द्र अधिकारी मध्येका निकै जुझारू नेता हुनुहुन्छ रामचन्द्र र गोबिन्दराज जी । पुरा देशका जनताले बिश्वास र भरोसा गरेका जोशी-पौडेल प्रकरण तनहुँ कांग्रेसका लागि दुखद क्षण हो भने नेपाली कॉग्रेस पार्टी संगठनका लागि क्षति ।

घर भित्रका यस्ता समस्या हरू मिलाउन कांग्रेस नेतृत्व सफल देखिएन । यस्ता संयौ समस्याहरू पार्टी भित्र भैरहन्छन ति सबैको समयमै छलफल, परामर्श र बहसका माध्यमबाट अधिकतम सहमतिमा समाधान गर्नुपर्दछ । कुनै पनि कुराहरूलाई नितिगत प्रकियाबाट समयमा समाधान गरिएन भने त्यसले दिर्धकालिन रूपमा पार्टीलाई असर पुराउन सक्दछ ।

चुनाबका समयमा भए गरेका अनियमितताहरूलाई सोही समयमा एक न्यायीक छानवीन समिति बनाई प्रकियागत ढंगबाट चित्तबुझ्दो नभए एक अवधीसम्मका लागि कार्वाही गर्नुपर्छ । मनपरी ढंगबाट अराजक ब्यबहार हुन गएमा त्यस्ता क्रियाकलापलाई पनि नियन्त्रण गर्ने संयन्त्र हुनुपनि उत्तिकै आवश्यक छ ।

नेपाली काग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले आफूलाई अनुशासित कार्यक्रताहरूको संगठन हो भन्दै गर्दा अरूलाई पनि सिकाउनु परेको छ , तर त्यसका बिधी प्रकियाहरू पनि पार्दर्शी र समयसापेक्षित हुनु आवश्यक हुन्छ  गोबिन्द राज जोशी र पुष्करनाथ ओझा लगायतलाई जसरी पछिल्लो समयमा आएर कार्वाही गरियो त्यो समय ठिक थिएन भन्ने तमाम कार्यकर्ताहरूको गुनासो हो ।

याकि प्रजातन्त्रका लागि गरेको योगदान कसैको पनि कमी छैन भन्ने कुरा बिगतको इतिहासले अंकित गरेको छ ! बिपीलाई जेलमा सडाउन खोज्ने र धाँदली गरेर बहुदलिय व्यवस्था हराउने सुर्य बहादुर थापाको छोरोलाई रातो कार्पेटले स्वागत गर्न कांग्रेस तयार छ । तर, आधा शताब्दी कांग्रेसका लागि दिएका जोशी र पुष्करनाथहरू कांग्रेसमा नअटाउने भए ।

तनहुँ फेरी “कांग्रेसमय” हुन पौडेलजी र जोशीजीको जीवनकाल भन्दा धेरै पछि सम्म पर्खन पर्ने छ। सबैले आत्मा आलोचना गर्ने बेला आएको छ – हामी के र कसका लागि राजनीति गर्दै छौ भनेर गम्भिर भएर सोच्ने समय आएको छ । नेपाली कॉग्रेस एउटा पार्टी मात्र होइन, बिचार पनि हो ।

जय नेपाल ।

=========

Leave a Reply