Wednesday, January 27, 2021
Home > mophosala > ‘ च ‘ बाट चर्खा; केशवबिक्रम सिंह

‘ च ‘ बाट चर्खा; केशवबिक्रम सिंह

म जन्मको हिसाबले वि . सं २०४० को दशक आसपास का पुस्ताको प्रतिनिधित्व गर्दछु । हाम्रो समयमा बाह्रखरी पढ्दा ‘ च ‘ बाट ‘ चर्खा’ धेरै पटक पुनरावृत्ति / कण्ठस्थ गरेका थियौं । हामी धेरैले चर्खा चित्रमा मात्र देख्यौ त धेरै कमले यसको जीवन्तता देख्ने सौभाग्य प्राप्त गयौं । चार चुच्चे ‘ च’ उच्चारण अभ्यास का हिसाबले लोप भइसक्यो । च बाट ‘ चर्खा’ शब्दलाई चमेरो / चरा / चम्चा आदि शब्दले बिस्थापित गरे सँगै प्राचिन स्थानिय प्रविधि को उच्चतम यन्त्र को महिमा दिनानुदिन घट्दो क्रममा रहेको छ । तत्कालिन समयमा व्यवसाय र स्थानिय अर्थतन्त सँग जोडिएको यस यन्त्र को प्रयोग वर्तमानमा शुन्य भएको छ । स्वयम् चर्खा पनि भौतिक रूपमा लोप हुने अवस्थामा छ । वर्तमानको यान्त्रिक युगमा जनजिवन देखि हरेक वस्तु / क्रिया / प्रक्रिया सरलता देखि जटिलता मा रूपान्तरण हुँदै गर्दा भाषा व्याकरण त्यो अपवाद हो जुन समयको माग अनुसार सरलीकृत हुँदै छ ।
स्थानिय प्रविधि को वैज्ञानिकीकरण र स्तरबृद्धि गर्न सकेमा स्थानिय ज्ञान / सिप को कार्य दक्षता मा निखारता अभिबृद्धि हुने थियो । स्थानिय प्रविधि धेरै हद सम्म वातावरण मैत्री हुने हुँदा यसको प्रयोगले दिगो विकास ‘ को प्रक्रियामा थप टेवा पुर्याउछ ।जब अन्तराष्ट्रिय बजारमा स्थानिय उत्पादनको पहुँच पुग्नेछ तब मात्र यस यान्त्रिक युग मा पनि केवल ‘ भाषा / व्याकरणमा मात्र नभई जनजिवन पनि जटिलता बाट सरलता / सहजता मा रूपान्तरण हुन्छ । स्थानिय प्रविधि का यन्त्रहरू हाम्रा अमुल्य निधी हुन् ।
यिनीहरुको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।
जय स्थानिय प्रविधि !

गलकोट नगरपालिका -५, हरिचौर

Leave a Reply