Monday, January 25, 2021
Home > mophosala > कालिकोटमा गयको पहिरोमा परी एकै घरका ६ वालवालिकाको गयो ज्यान

कालिकोटमा गयको पहिरोमा परी एकै घरका ६ वालवालिकाको गयो ज्यान

कालिकोट । लामो समयदेखि परेको अविरल वर्षाका कारण विहिबार राति कालिकोटको महाबै गाउँपालिका वडा नं।३ नकु गाउँमा गयको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ।

पहिरोमा परी महाबै गाँउपालिका वडा नं। ३ का वडा सदस्य रजबहादुर बिष्टको घर पूणरूपमा पुरिदा उनको परिवारका ६ जना सदस्यहरूको मृत्यु भएको हो ।

पहिरोमा घर पुरिँदा वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कालिकोट जिल्ला अ।ने।रा।स्व।वि।यू कालिकोटका संयोजक मनसिंह शाहीले पलपलखवरलाइ जानकारी दिए।

 

Leave a Reply