Tuesday, January 26, 2021
Home > mophosala > सुरेन्द्र काफ्ले बने वी.पी कोइराला युवा नेतृत्व विकास मञ्च कालिकोटका अध्यक्ष

सुरेन्द्र काफ्ले बने वी.पी कोइराला युवा नेतृत्व विकास मञ्च कालिकोटका अध्यक्ष

कालिकोट । वी.पी कोइराला युवा नेतृत्व विकास मञ्च केन्द्रिय कार्यसमितिले संस्थाकाे देशैभर संन्जाल विस्तार गर्नेक्रममा कालिकोटमा  सुरेन्द्र काफ्ले लाई चयन गरेकाे हाे ।

लोकतन्त्रमा विश्वास राख्ने,लोकतन्त्रमा आफ्नो भविश्य खोज्ने, लोकतन्त्रमा सम्मुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व एवं ब्यक्तित्व विकास गर्ने साझा चौतारीको रुपमा देशभर सांगठनीक सञ्जाल विस्तारमा लागेको विपी कोइराला युवा नेतृत्व विकास मञ्चले कालिकोटको अध्यक्षमा नेविसंघ कालिकोट सुर्खेत सम्पर्क समितिका अध्यक्षको जिम्मेवारी काफ्लेला दिएको हो।

काफ्ले ने.वि संघ मध्यपश्चिम विश्वविद्धालय केन्द्रिय समन्वय समितिका कोषाध्यक्ष समेत हुन भने उनलाई वी.पी कोइराला युवा नेतृत्व विकास मञ्चले कालिकोट जिल्लाको अध्यक्षमा छनाेट गरेको हो ।

आफ्नो उद्देश्य प्रान्तीका लागि मुलुकभरका युवा जमातलाई एकिकृत गरी समाज परिवर्तनको दिशामा शसक्त रुपमा अघी बढ्ने केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालकाे उद्देश्य छ । रिजाल पहिलो चरणमा मुलुकभर शाखा विस्तार संगै अघी बढीरहेका छन् ।

लोकतन्त्र प्रति आस्थावान, लोकतन्त्रमा भविश्य खोज्ने जिम्मेवार युवाहरुलाई समेटी निकट भविश्यमा जिल्ला कार्यसमितिलाई पूर्णता दिने जिल्ला अध्यक्ष काफ्लेकाे तयारी छ ।

याे हेर्नुस 

                

Leave a Reply