Tuesday, January 26, 2021
Home > mophosala > कालिकोट कांग्रेसले पायो केन्द्रीय विभागमा तारा शाह संगै उल्यख्य सदस्य

कालिकोट कांग्रेसले पायो केन्द्रीय विभागमा तारा शाह संगै उल्यख्य सदस्य

कालिकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संयोजक रहेको समितिले विभिन्न विभागहरुमा मनोनयन गर्ने क्रममा निर्माण व्यवसायी विभागमा कालिकोट जिल्ला बाट तारा शाह मनोनित भएकी छन्।

शाह नेपाल निर्माण व्यवसायी महासंघ कि निर्वाचित  केन्द्रीय सदस्य हुन भने लामो समयदेखि व्यावसाय संग संगै जिल्लाको राजनितिमा सक्रिय महिला नेता तथा समाज सेविको रुपमा प्रख्यात व्याक्तित्व हुन।

विभिन्न विभाग विस्तारको क्रममा कालिकोट जिल्लाबाट यतिखेर उल्यख्य संख्यामा कालिकोट कांग्रेसले अवसर पायको छ जसमा जेष्ठ राजनितिज्ञ सभा सदस्यमा जिल्लाको शुभकालिका गा.पा-३ का टेक बहादुर शाही र शान्नी त्रिवेणी गा.पा- १ का नर बहादुर गिरी मनोनित भयका थिए।

मनोनित कै क्रममा नेपाली कांग्रेस कालिकोटका भुपु जिल्ला सभापति तथा जिल्लाका प्रभाव शाली जनप्रिय नेता काली बहादुर सहकारी केन्द्रीय संगठन विभाग सदस्य शिक्षेक संघ कालिकोटका नेता तथा स्थानिय तहको निर्वाचनमा रास्कोट नगरपालिका मेहेरका प्रत्यासी दान बहादुर बम शिक्षा विभागमा तरूण दलमा मीन बहादुर बाेगटी खेलकुद विभागमा अशाेक नाथ याेगी मनोनित भएका हुन।

कालिकोट कांग्रेसका लागि यो अति महत्वपुण अवसर र उपलव्धि रहेको मनोनित सम्पुण सदस्यहरुको ठम्याई छ। यश अघि ने.वि.संघ, तरुणदल र सांक्रितिक संघ लगायतमा मात्र केन्द्रमा प्रतिनिधित्व रहेको र अहिले व्यापकरुपमा प्रतिनिधित्वमा वृदि भएको हो।

 

Leave a Reply