राष्ट्रिय सभाअन्तर्गत रहेका ४ समितिका नवनिर्वाचित सभापतिले सपथ लिएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा सभापतिहरुलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ खुवाएका हुन् ।
गत शुक्रबार समितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसद रामनारायण विडारी, दीगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा सांसद दिलकुमारी रावल थापा पार्वती र विधायन समितिमा परशुराम मेघी गुरुङ निर्वाचित भएका छन् ।
यसअघिपनि ती समितिमा उनीहरुनै सभापति रहेका थिए । अघिल्लो वर्ष माघमा भएको राष्टिय सभाको दोश्रो निर्वाचनबाट नयाँ सदस्यहरु थपिएपछि विषयगत समितिमा सभापति चयनका लागि पुन: निर्वाचन गरिएको हो ।
समिति सभापतिमा तारादेवी भट्ट नेपाली कांग्रेसबाट रहेकी छिन् भने अन्य समिति सभापतिहरुमा नेकपाका सांसदहरु छन् । उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ ।
राताेपाटिबाट साभार