Tuesday, January 26, 2021
Home > mophosala > ‘शीर्ष नेताहरूका गतिविधि हेर्दा हामीलाई सुदृढ नेकपा होइन खरानीमात्र बुझाउँछन् जस्तो छ’

‘शीर्ष नेताहरूका गतिविधि हेर्दा हामीलाई सुदृढ नेकपा होइन खरानीमात्र बुझाउँछन् जस्तो छ’

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले पार्टी एकतालाई सुदृढ पार्न दबाब दिने भन्दै हस्ताक्षर गरेका छन्।

संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका ६१ जना सांसदहरूले पार्टी विभाजनलाई रोक्न र एकतालाई सुदृढ पार्न नेतृत्वलाई भनेका हुन्।

आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनीहरूले शीर्ष नेताहरूलाई पार्टीको महाधिवेशनको तयारीमा जुट्न र कोभिड-१९को  रोकथाममा लाग्न आग्र गरेका हुन्।

‘अहिले पार्टीमा देखिएको अन्तरविरोधले अन्यौल बढेको छ भने पार्टी विग्रहमा जाने खतरा बढेको छ,’ हस्ताक्षरकर्ताहरूका तर्फबाट बोल्दै सांसद सुरेशकुमार राईले भने,‘ शीर्ष तहमा देखिएको अन्तरविरोधलाई सहयोग गर्न सकिन्न। हामी एकताको महाधिवेशनसम्म सामूहिक पहलमा एकतावद्ध रहन्छौं। पार्टी विवादमा हुने मिडियावाजी, भेला कहिँ पनि सहभागी हुँदैनौं।’

अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले पार्टी एकता सुदृढ पार्ने कुरामा हस्ताक्षर गरेका छन्।

कार्यक्रमको सुरूमा बोल्दै सांसद रामकुमारी झाँक्रीले अहिले शीर्ष नेताहरूका गतिविधि हेर्दा नयाँ पुस्ताले सुदृढ पार्टी नपाउने शंका बढेको बताइन्।

‘अहिले नेताहरूको जस्ता गतिविधि गरिरहनु भएको छ, त्यसले उहाँहरू हामीलाई सुदृढ पार्टी दिनुहुन्छ कि खरानीमात्र बुझाउनु हुन्छ भन्ने शंका बढेको छ,’ सांसद झाँक्रीले भनिन्,‘तपाईंहरू एकअर्कामा विरोध गर्नुभन्दा पुस्ता हस्तान्तरणतिर लाग्नुस्।’

उनले पार्टीको विवाद समाधान गर्न बैठक र छलफल गर्नुपर्ने बताइन्।

‘हामी पार्टी एकताका पक्षमा छौं। सानो पार्टी चोइटाएर लान्छु भन्ने कसैले कल्पना नगर्नुस

सानो पाटी चलाउन गाह्रो छ,’ झाँक्रीले भनिन्।

सेताेपाटिबाट साभार

Leave a Reply