Sunday, January 17, 2021
Home > mophosala > नेपाली कांग्रेस पोखरा महानगरपालिका १९ को अपिल

नेपाली कांग्रेस पोखरा महानगरपालिका १९ को अपिल

कास्की । विश्वभरी महामारीको रुपमा फैलीयको कोभिड १९ कोरोना भाईरसका कारण नेपाल पनि दिन प्रतिदिन अप्ठ्यारो प्रस्थितिमा गुज्री रहेको छ। यसै अबस्था लाई मध्यनजर गर्दैै नेेेेेपाली कांंग्रेस पोखरा महानगरपालिका १९ लेे जनहितमा जारि हार्दिक अपिल गरेको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्र मा ०७७/०४/१७ गते COVID-19 तथा Diabetes Mellitus भई ICU मा उपचार भैरहेका एक ६२ वर्षीया पुरुषको हिजो राति ११:१५ बजे निधन भयका कारण वडा बासी सम्पुणलाई सजग र सचेत रहन कांग्रेस सम्पुणमा अपिल गरेको हो।

नेपाली कांग्रेस पोखरा मा.न १९ ले अपिलमा भनेको छ सम्पुण वडा बासिको P.C.R Test गरि नागरिकहरुलाई भयावह र त्रासदीको वातावरणबाट जोगाउन साथै स्वास्थ्य जस्तो सम्वेदनसिल क्षेत्रमा गम्भीर भई ध्यान दिन पोखरा महानगरपालिका १९ का जनप्रतिनिधि र प्रदेश सरकारको ध्यानआक्रसण समेत गरेको छ।

नेपाली कांग्रेस कास्कीकी कोषाअध्यक्ष लक्ष्मी पाण्डेको सामाजिक सन्जाल फेसबुकमा यूवा नेता पाण्डेले लेखेकि छन `पोखरा महानगरपालिका १९ मा संक्रमित भेटियकोले सम्बन्धित व्याक्तिसंग सम्पर्कमा आयका व्याक्तिहरुको यथासिग्र P.C.R Test गर्न स्थानिय सरकार लाई आग्रह छ।´

साथै नेता पाण्डेले फेसबुक मार्फत उक्त घटनाबाट पोखरा महानगरपालिकम १९ का बासिन्दाहरुलाई स्वास्थ्य मन्त्रालय र WHO को नियम पालना संगै सचेत र सुरक्षीत रहन आग्रह समेत गरेकि छन।

Leave a Reply