Wednesday, January 20, 2021
Home > mophosala > गैरआवासीय नेपाली संघको १३ औं युरोपेली क्षेत्रीय बैठक तथा पहिलो विज्ञ सम्मेलन हुदै

गैरआवासीय नेपाली संघको १३ औं युरोपेली क्षेत्रीय बैठक तथा पहिलो विज्ञ सम्मेलन हुदै

गैरआवासीय नेपाली संघको १३ औं युरोपेली क्षेत्रीय बैठक तथा पहिलो विज्ञ सम्मेलन सेप्टेम्वरको अंतिम साता हुने भएको छ ।

गैरआवासीय नेपाली संघ युरोप उपसंयोजक शुक्रराज न्यौपानेले बताए अनुसार संघको गत सोमवार सम्पन्न युरोप क्षेत्रीय पदाधिकारी एवं राष्ट्रिय समन्वय समितीका अधक्ष्य र युरोपबाट प्रतीनीधीत्व गर्ने आई सी सी सदस्य सम्मिलित बैठकले १३ औं बैठक तथा युरोपस्तरीय पहिलो विज्ञ सम्मेलन आगामी सेप्टेम्वरको २६ र २७ तारिखमा आयोजना गर्ने निर्णय गरेको हो ।

कोरोनाको महामारीका कारण आयरल्याण्डमा हुने भनिएको उक्त बैठक एवं विज्ञ समेलन भर्चूलरूपमा हुने भएको छ । दुई दिने क्षेत्रीय सम्मेलनमा कोभिड–१९ ले पारेको विश्वव्यापी प्रभाव र नेपालको समृद्धि एवं विकासका लागि विदेशमा रहेका नेपाली विज्ञहरुको भूमिका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

युरोप क्षेत्रमा रहेका विभिन्न विज्ञहरुको सहभागी रहने सो सम्मेलनको लागि संयोजक नारायण आचार्यको संयोजकत्वमा उप संयोजकहरु शुक्रराज न्यौपाने , मुक्त गुरुङ र कृष्ण तिमिल्सेना र युरोप छेत्रका एन सी सी अधक्ष्य र आई सी सी सदस्यहरु सदस्य रहनेगरी एक मूल आयोजक समिति गठन गरिएको छ ।

विज्ञ सम्मेलनमा विदेशमा सिकेको सीप, बौद्धिकता, पुँजी तथा सञ्जालको नेपालको हितमा उपयोग गर्ने उद्देश्यले युरोपमा रहेर विभिन्न क्षेत्रमा कार्यरत नेपाली विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । सो विज्ञ सम्मेलनलाई सफल पार्न राजु अर्याल (नर्वे) को संयोजकत्वमा विभिन्न छेत्रका विज्ञहरु रहनेगरी एउटा उपसमिती गठन गर्न युरोप संयोजक र उपसंयोजकहरुलाई जिम्बेवारी दिईएको छ ।

सो सम्मेलनको लागी संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, शेष घले, भवन भट्ट, देवमान हिराचन, संस्थापक नेता रामप्रताप थापा सहित केंद्रीय समितीका सचिवालय सदस्य तथा सलाहकार समितीका सदस्य हरु रहने गरी सलाहकार समिती पनी उक्त बैठकले निर्णय गरेकोे छ ।

यसै गरी १३औं यूरोप छेत्रीय बैठक एवं विज्ञ समेलनलाई सफलता पूर्बक सम्पन्न गर्नको निम्ती कार्यं विभाजन , जिम्बेवारी प्रधान तथा कार्यं संपादन गर्नको निम्ती सचिवालयको गठन पनी उक्त बैठकमा गरिएको थियो जस अनुसार उक्त सचिवालयमा संयोजकमा नारायण आचार्य , उपसंयोजकहरु शुक्रराज न्यौपाने , मुक्त गुरुङ र कृष्ण तिमिल्सिना तथा सदस्य हरु राजु अर्याल र युरोप छेत्रका महिला तथा युवा संयोजक रहने छन ।

सम्मेलनमा संघका युरोप क्षेत्रमा रहेका राष्ट्रिय समितिहरुले आ–आफ्नो नीति तथा वार्षिक प्रतिवेदन समेत पेश गर्ने छन ।

Leave a Reply