Sunday, January 24, 2021
Home > mophosala > कांग्रेस नेता शाहीद्धारा शैक्षिक सामग्री सहयोग

कांग्रेस नेता शाहीद्धारा शैक्षिक सामग्री सहयोग

कालिकोट साउन २२ गते । नेपाली कांग्रेसका युवा नेता तथा तरूणदल महासचिव भुपेन्द्रजंग शाहीले विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहेका शाहीले जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं. २ सेरिज्यूलाका गोरख तिरुवालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

सान्नीत्रिवेणी गाँउपालिका वडा नं. २ स्थित संकर मावी सेरीज्यूलामा कक्षा १० मा अध्यायनरत बिद्यार्थी तिरुवालाई बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग गरेका छन् ।

योगा तथा जेम्नेष्टिक खेलाडी समेत रहेका तिरुवालाई पढाईमा निरन्तरताका लागि आफुले व्यक्तिगत रुपमा सहयोग गरेको नेता शाहीले बताए । उनले भने, ‘आर्थिक अवस्था निकै कम्जोर परिवारका गोरख बहुप्रतिभाशाली बिद्यार्थी रहेछन् ।

उनी उनको प्रतिभालाई निखारदै पढाईलाई निरन्तरताका लागि सहयोग गरेको हुँ ।’ उनले गाँउमा लुकिर रहेका प्रतिभावान बिद्यार्थीहरुलाई थप प्रेण र उर्जा प्रदान गर्न सबैले सक्दो सहयोग गर्नुपर्ने बताए ।

नेपाल तरुण दलका केन्द्रीय महासचिव समेत रहेका नेता शाहीले आफुले दुई दुई पटक कालिकोटबाट संसदिय निर्बाचनमा पराजय भोगेपनि आफु सधै कालिकोटवासीको पीडामा साथ दिने बताए ।

उनले आफुले २०७० सालको दोस्रो संबिधान सभा र २०७४ सालको प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बन्दा जनताबाट पाएको माया र सद्भावको गुन जिल्लाका विपन्न, असहाय र समस्यामा परेका नागरिकहरुलाई सहयोग गरेर तिर्ने लक्ष्य रहेको बताए ।

विगतदेखी नै राजनीति र सामाजिक सेवामा सक्रिय शाहीले राजनीतिक भनेकै सामाजिक सेवा भएकाले त्यस प्रति सधै लागिरहने बताए । कांग्रेस नेता शाहीद्धारा सहयोग गरिएका शैक्षिक सामग्रीहरु बुझ्दै गोरख तिरुवाले भने, ‘मलाई नियमित बिद्यालय जान शैक्षिक सामग्रीको अभावको समस्याले बारम्बार पीडा दिएको छ ।

खाली झोला महिनौँ बिद्यालय गएको छु । घरमा भनेर मैले सहजै शैक्षिक सामग्रीको लागि आवश्यक रकम पाउदिन थिए । कसैको भारी बोकेर मैले आफ्नो खर्च व्यवस्थापन गर्नु पथ्र्यो । तर कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले आफुलाई बर्षभरी पुग्ने शैक्षिक सामग्री सहयोग गर्नुभयो । उहाँलाई धन्यबाद दिन्छु । मैले अब एसइइसम्म ढुक्कसँग बिद्यालय जाने भँए ।’ उनले आफुसँग भएको योगा सम्बन्धि ज्ञान र अन्य जेम्नेष्टिक, दौड जस्ता प्रतिभावले भबिश्यमा योगा प्रशिक्षक वा चलचित्र क्षेत्रमा लाग्ने इच्छा रहेको बताए ।

शैक्षिक सामग्री सहयोग कार्यक्रममा नेपालली कांग्रेस कालिकोटका सहसचिव तथा प्रदेश सभापती दमनबहादुर शाही, नेबिसंकका कार्यबाहक अध्यक्ष जगत बिष्ट, कांग्रेस नेता बिस्नराज संज्याल, सन्तोष मल्ल लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply