Monday, January 18, 2021
Home > special_one > नैतिकवान् नेताको खेडेरी पर्दा जनताले दुःख पाए : वरिष्ठ नेता पौडेल

नैतिकवान् नेताको खेडेरी पर्दा जनताले दुःख पाए : वरिष्ठ नेता पौडेल

इटहरी, । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समयमा नेपाली काँग्रेससँग ठोस नीति तथा कार्यक्रम भए पनि नैतिकवान् नेताको खेडेरी पार्दै गएकाले नेपाली जनताले दुःख पाइरहेको बताएका छन् ।

सोही अवसरमा नेता पौडेलले नेपाली प्रेसले नैतिकवान् नेपाली नेता बन्नेतर्फ सचेतनाको सन्देश प्रवाह गर्नुपर्ने कुरामा जानकारी दिए ।

नेता पौडेलले नेपाल पत्रकार महासङ्घ सुनसरीको दसाँै जिल्ला अधिवेशन समारोहमा निर्वाचित पदाधिकारीको पदस्थापना समारोहलाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले सो कुरामा जोड दिएका हुन् । नेता पौडेलले देशले संविधान प्राप्त गरे पनि अझै नैतिकवान् भएर नेताहरुले जनताप्रति समर्पित भएर काम गर्न नसक्दा देश नै अन्यौलग्रस्त अवस्थाबाट गुज्रिनु परिरहेकातर्फ पनि नेपाली प्रेसले सचेत भएर खबरदारी गर्नुपर्ने कुरामा पनि जोड दिए ।

नेता पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली प्रेसले महत्वपूर्ण र परिणाममुखी योगदान गरेको इतिहास साक्षी रहेकाले नेपाली प्रेसमाथि देश एवम् जनताको उन्नतिप्रति ठूलो जिम्मेवारी रहेकाले नेपाली राजनीतिले गलत बाटोतिर लागेको देख्नासाथ नेतालाई सही मार्गतर्फ अग्रसर गराउन प्रेसले गतिले भूमिका खेल्न सक्नुपर्ने पनि आग्रह गरे ।

उनले नेपाल पत्रकार महासङ्घ सुनसरीबाट केन्द्रीय पार्षद् प्रदेश पार्षद् र जिल्ला कार्य समितिको पदाधिकारीमा विजयी पत्रकारलाई बधाई समेत दिनुहुँदै नेपाली प्रेसले जिम्मेवार भएर राष्ट्रको आर्थिक समृद्धि र संविधानको सफल कार्यान्वयन हुनेतर्फ विशेष सचेतनाका सन्देश दिन सक्नु पर्दछ भने । उनले निष्पक्ष सूचना प्रवाह गरी नेपाली जनतालाई देशप्रति बफादार बन्न पनि अभिप्रेरित गर्नु पर्दछ भने ।

Leave a Reply