Sunday, January 24, 2021
Home > mophosala > ओली-प्रचण्डबीच भोलि पनि कुराकानी हुने

ओली-प्रचण्डबीच भोलि पनि कुराकानी हुने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार पनि कुराकानी हुने भएको छ।

चार दिनपछि आइतबार ओली र प्रचण्डबीच  प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी भएको थियो। कुराकानीमा बरिष्ठ नेता झलनाथ खनाल र  संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए।

नेता नेम्वाङले दुई अध्यक्षबीच सवा १० देखि पौने १ बजेसम्म हार्दिकतापूर्वक कुराकानी भएको  जानकारी दिए।

‘उहाँहरूबीच हार्दिकताका साथ कुराकानी दुई अध्यक्षबीच छलफलबाटै सहमतिमा पुग्ने कुरा भयो,’ नेम्वाङले भने,‘आज सकेसम्म विषय टुंग्याउने भन्ने थियो तर भएन। भोलि बिहान ९ बजे फेरि बस्ने गरी आजको छलफल सकियो।’

दुई अध्यक्षबीच गत मंगलबारपछि आज पहिलो पटक कुराकानी भएको हो। प्रधानमन्त्री ओलीसँग कुरा गर्न प्रचण्ड बरिष्ठ नेता खनालसँगै बालुवाटार पुगेका थिए भने प्रधानमन्त्रीको तर्फबाट नेम्वाङ सहभागी भएका थिए।

आजको बैठकमा ओली र प्रचण्ड आपसमा झिना-मसिना आरोप-प्रत्यारोप नगर्न पनि सहमत भएको स्रोतले बतायो।

‘पछिल्लो समय एकअर्काबीच भइरहेका झिना-मसिना आरोप-प्रत्यारोप पनि अब नगर्नेमा उहाँहरू सहमत हुनुभयो,’ स्रोतले भन्यो।

सेताेपाटिबाट साभार

Leave a Reply