Wednesday, January 20, 2021
Home > mophosala > टिम नेपो बैतडीको जिल्ला कार्यसमिति गठन, संयाेजक अमृत बिष्ट

टिम नेपो बैतडीको जिल्ला कार्यसमिति गठन, संयाेजक अमृत बिष्ट

बैतडी ।  गैरसरकारी, गैरराजनीतिक र गैरनाफामुलक संस्था टिम नेपोको बैतडी जिल्ला समिति गठन गरिएको छ। लामो समयदेखि समाजिक कार्यको क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको टिम नेपोको बैतडी जिल्ला कार्यसमितिको संयाेजक ( जिल्ला प्रतिनिधि ) पदमा अमृत बिष्ट नियुक्त भएका छ्न।

त्यस्तै नयाँ कार्यसमितिको सह-जिल्ला प्रतिनिधिमा निराजन मडै र खेमराज अवस्थी,मेम्बरसिप कोर्डिनेटरमा निर्मला टेर, पब्लिसिस्टमा सुरेश भट्ट , पार्टनरसिप कोर्डिनेटरमा धर्म सिंह मडै र इडिटरमा ज्योतिषा चन्द चयन भएका छ्न । टिम नेपो बैतडीका नवनियुक्त जिल्ला प्रतिनिधि अमृत विष्टले बैतडीका सम्पुर्ण युवाहरुसङ्ग सहकार्य गर्दै युवाको क्षमता अभिबृद्दी र समाजिक कार्यका कार्यक्रमहरु तय गरिने बताएका छ्न । बिष्ट भन्छन,”हाम्रो टिममा अन्य विभिन्न समाजिक संस्थामा आबद्द भइ लामो समयदेखी समाजिक कार्यको क्षेत्रमा महत्त्वपुर्ण भुमिका खेलिराख्नु भएका अनुभवी साथीहरु भएको कारण अन्य संस्थाहरुसङ्ग पनि सहकार्य गर्दै आफ्नो कार्यकालमा समाज रुपान्तरणको पक्षमा उल्लेख्य योगदान गर्नेछौं।”

टिम नेपोले युवा नेतृत्व, स्वास्थ्य, शिक्षा र बाताबरणिय सुरक्षालाइ मुख्यतया आफ्नो कार्यक्षेत्र बनाइ काम गर्दै आएको छ। केहि समय अगाडी टिम नेपोले ” पुस्तक परियोजना ” नाम देशब्यापी अभियान संचालनमा ल्याएको थियो। टिम नेपोको केन्द्रिय तथा संस्थापक अध्यक्षमा निगम पौडेल र सुदुरपस्चिम संयोजकमा देवकी धामी रहेका छ्न।

Leave a Reply