Saturday, January 16, 2021
Home > mophosala > कोषाअध्यक्ष पाण्डेले उपलब्ध गरिन अनशनरत विद्धार्थीलाई स्वास्थ्य सामाग्री साथै ऐकेबद्धता

कोषाअध्यक्ष पाण्डेले उपलब्ध गरिन अनशनरत विद्धार्थीलाई स्वास्थ्य सामाग्री साथै ऐकेबद्धता

कास्की। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष तथा कांग्रेस यूवा नेता लक्ष्मी पाण्डेले पोखरा विश्वविद्यालयमा अनशनरत विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेकी हुन् ।

नेविसंघका विद्यार्थीहरूले पोखरा विश्वविद्यालयमा रिक्त उपकुलपति र रजिष्टार नियुक्तिको माग गर्दै विभिन्न आन्दोलनका साथै अनसनरत  विद्यार्थीलाई हाैसला स्वरूप ऐक्यवद्धता जनाउदै नेता पाण्डेले स्वास्थ्य सामग्री उपलब्ध गरेकी हुन।

लामाे समय देखि अनशनरत विद्यार्थीलाई काेभिड १९ काे प्रभावले पार्न सक्ने असरलाइ मध्यनजर गर्दै नेता पाण्डेले स्वास्थ्य सामाग्रीकाे  आवश्यकता महसूस गरी शुक्रबार पोविविमै पुगेर स्वास्थ्य सामग्रीहरू सेनिटाइजर, सर्जिकल माक्स र ग्लब्स पाेखर विश्व विद्यालय ने.वि सघका सभापति फिरोज सुवेदीलाई हस्तान्तरण गरेकि हुन।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने क्रममा बोल्दै नेता पाण्डेले शैक्षिक क्षेत्र निकै सम्वेदनशील भए पनि यसलाई सरकारले नबुझेकोमा आपत्ति प्रकट गरिन् । १० महिनादेखि विश्वविद्यालयलाई नेतृत्वविहीन बनाएर सरकारले ४० हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाइन् ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति माधव प्रसाद बाँस्तोला मधुले विद्यार्थी आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सरकारको लाचारीपनले ४० हजार विद्यार्थीमाथि अन्याय भएको बताए ।

नेपाली कांग्रेस पोखरा ९ की सभापति उमा ठकुरीले पार्टीका नेताहरुले विद्यार्थीको आन्दोनलनमा ऐक्यवद्धता जनाउने र भाषण गर्नेमात्र नभई सरकारलाई दवाव दिनुपर्ने बताइन् साथै जिल्ला सदस्य दिनेश पौडेल, क्षेत्रीय कोषाध्य महेन्द्र पौडेल, पोखरा ३० का वडासभापति दुर्गा सुवेदी लगायत सहभागी थिए ।

पोविविमा १० महिनादेखि रिक्त उपकुलपति र रजिष्टार नियुक्तिको मा गर्दै नेविसंघले १० दिनदेखि अनशन गरिरहेको छ । आफूहरुको एकमात्र माग पूरा नभएसम्म अनशन जारी राख्ने सभापति सुवेदीले बताए ।

Leave a Reply