Friday, January 15, 2021
Home > mophosala > लिलादेवी सिटौला बनिन् सांसद, सभामुखले गराए सपथ (तस्बिरहरु)

लिलादेवी सिटौला बनिन् सांसद, सभामुखले गराए सपथ (तस्बिरहरु)

काठमाडौं । जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले पद तथा गोपनियताको सपथ लिएकी छिन् ।  प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बुधबार दिउँसो संघीय संसदको प्रतिनिधिसभाको समानुपातिकमा नवनिर्वाचित सांसद सिटौलालाई सभामुख अग्नि प्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् । त्यसपछि समाजवादी पार्टीले सिटौलाको नाम सिफारिस गरेपछि निर्वाचन आयोगले उनलाई निर्वाचित भएको घोषणा गरेको थियो ।

उनको सपथ ग्रहण कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता बाबुराम भट्टराईलगायतका नेताहरुले बधाइ तथा शुभकामना दिएका थिए ।

तस्बिरहरु : सुवास श्रेष्ठ

राताेपाटिबाट साभार

Leave a Reply