Tuesday, January 19, 2021
Home > mophosala > नेविसंघले भन्यो- कोरोना हटेको छैन, परीक्षा कार्यतालिका फेरबदल गरौं

नेविसंघले भन्यो- कोरोना हटेको छैन, परीक्षा कार्यतालिका फेरबदल गरौं

त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयहरूले भदौ पहिलो सातादेखि परीक्षा गर्ने गरी कार्यतालिका प्रकाशित गर्न थालेपछि नेविसंघले कार्यतालिका फेरबदल गर्न माग गरेको छ।

कोरोना महामारी नसकिएको र बाढीपहिरोलगायत समस्या रहेकोले विद्यार्थी परीक्षा केन्द्रसम्म पुग्न नसक्ने भन्दै नेविसंघले परीक्षा कार्यतालिका फेरबदलको माग गरेको हो।

नेविसंघ अध्यक्ष राजिब ढुंगानाले शनिबार विज्ञप्ति निकालेर व्यवहारिक समस्यालाई ध्यान दिँदै परीक्षा कार्यतालिका सार्नुपर्ने उल्लेख गरेका हुन्।

भदौ १ देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारले बताएका बेला त्रिविलगायतले भदौ ७ गतेदेखि नै परीक्षा सुरू गर्ने गरी कार्यतालिका निकालेकोमा नेविसंघले त्यो व्यवहारिक नहुने बताएको हो।

‘कोरोना त्राश कायम रहेको, बाढीपहिरोजस्ता समस्या रहेकोले तत्काल विद्यार्थी परीक्षामा सामेल हुन सक्दैनन्,’ उनले भनेका छन्, ‘विद्यार्थीलाई परीक्षा तयारी गर्न पनि समय भएन।’

कोरोना महामारी सामान्य भएपछि मात्रै परीक्षा सञ्चालन गर्न नेविसंघले माग गरेको हो।

हेर्नुस् विज्ञप्ति: 

सेताेपाटिबाट साभार

Leave a Reply